फाल्गुनन्द साकोसमा लिङ्देन र चाम्लिङ् चुनावी मैदानमा, चाम्लिङद्वारा चुनाव जित्ने अवधारणपत्र सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, ६ असोज । झापाको दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको भोलि बिहीबार दशौं साधारण सभा तथा नयाँ नेतृत्वको लागि चौथो अधिवेशन हुँदैछ । दमक–८ को कस्मिक पार्टी प्यालेसमा हुने वार्षिक साधारण सभा तथा अधिवेशनमा दुई प्यानल सञ्चालक समितिको चुनावीमा उत्रिएका छन् ।

संस्थाका निर्वतमान अध्यक्ष संकल्प लिङदेन र उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले संहकारी संस्थामा आ–आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै चुनावी मैदानमा होमिएका हुन् । लिङदेनले अध्यक्षसहित ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्य लेखा समितिको टिम बनाएर निर्वाचनको अन्तिम तयारीका साथ प्रचार प्रसारमा जुटेका छन् । अध्यक्ष लिङ्देन पुनः अर्को कार्यकालको लागि आफू स्पष्ट बहुमतका साथ चुनाव जित्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको छन् ।

बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै संस्थाका उपाध्यक्ष चाम्लिङले अध्यक्ष पदमा र जीतेन लिम्बुले सचिव पदमा उम्मेद्वारी दिएको स्पष्ट पारेका छन् । अध्यक्ष पदका प्रत्यासी चाम्लिङ्ले दुई पदमा नेतृत्व लिने कसरत गर्दै अवधारणपत्र सार्वजनिक गरेका छन् ।

अध्यक्ष पदका प्रत्यासी चाम्लिङ्ले आफ्नो उम्मेद्वारीबारे एक अवधारणापत्र सार्वजनिक गर्दै सहकारी संस्थाको स्थापनाकालदेखि संस्थागत विकास, गतिशीलता र प्रवर्ध्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकाे हुँदा सहकारीको संस्थागत सुशासन र दिगो विकासका निम्ति आफू निरन्तर जुटिरहेका बताउँदै शेयर सदस्यहरुलाई आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।

स्पष्टबक्ता चाम्लिङले फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको संस्थागत सुशासन र पारदर्शिताप्रति सञ्चालक समितिलाई चेतावनी र शेयर सदस्यहरुलाई सचेत गराउँदै आएका छन् । प्रत्यासी चाम्लिङले संंस्थाको बिगतको कार्यकालमा आर्थिक व्यवस्थापन, सुशासन र पारदर्शितामा प्रश्न उठाउदै आएपनि त्यस विषयमा संस्था गम्भिर बन्न नसकेको औल्याएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;