आज फाल्गुनन्द साकोसको १०औं साधारण सभा तथा चौथो अधिवेशन हुँदै, अध्यक्ष लिङदेनद्वारा भावी कार्ययोजना सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ६ असोज/आजभन्दा दश बर्ष अघि स्थापना भएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन हुँदैछ । दमक ८ स्थिति कस्मिक पार्टी प्लालेसमा बिहान १० बजे देखि शुरु हुने संचालक समिति अध्यक्ष संकल्प लिङ्देनले बताएका छन् ।

कार्यक्रमको पहिलो सत्रमा बार्षिक बजेत तथा नीति कार्यक्रम पारित गर्दै दोस्रो चरणमा बन्दसत्रबाट चौथो अधिवेशनले नयाँ नेतृत्व पाउने बताइएको छ । संस्थाका अध्यक्ष सकल्प लिङदेन र उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले संहकारी संस्थामा अध्यक्ष पदमा आ–आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् । त्यसैगरी सचिवमा प्यानलबाट देशराज नेम्बाङ् र उपाध्यक्ष चाम्लिङ्बाट जितेन पन्धाकले उम्मेद्वारी मनोनयन गरेका छन् ।
अध्यक्ष लिङ्देनले आफूसहित उपाध्यक्ष दिलिप सुब्बा, उपाध्यक्ष फूलकुमारी आङ्देम्बे, सचिव देशराज नेम्बाङ, कोषाध्यक्ष इक्सा सम्वाहाम्फे सहित सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, वीरबहादुर लावती, कमला योङहाङ, खड्ग राई, यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक लिलाराज तुम्बापो, सदस्य मनकुमारी पन्धाक र शक्ति साम्बा रहेका छन् ।

यसैबिच मध्यरात अध्यक्ष लिङदेनले साकोसको नीति तथा भावी कार्यक्रम बारे आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

अध्यक्ष लिङदेनको बुँदागत नीति तथा भागी कार्यक्रमः

१, सहकारी संस्था अबको यो कार्यकाल भित्र (मोबाइल एप्स) फाल्गुनन्द स्मार्ट मोबाइल बैकिङ अनलाइन सेवा उपलब्ध गराइने छ । संस्थाबाट पाउने सेवासुबिधा लगायत सबै सुचना प्रवाह जानकारी गराउनको लागि फाल्गुनन्द स्मार्ट मोबाइल बैकिङ सेवा सञ्चालनमा ल्याइने छ ।
२, सहकारी संस्था अब मोबाइल बैकिङ सेवामा सबै सेवा उपलब्ध हुने छ ।
क, घरमा बसेर बिजुली पानीको बिल तिर्न सकिने ।
ख, सबै खालको मोबाइल रिचार्ज गर्न सकिने ।
ग, बिभिन्न नेट टिभिहरुको रिर्चाज गर्न सकिने ।
घ, सदस्यहरुले घरमा नै बसेर हवाइ जहाजको समेत टिकट काट्न सकिने ।
३, अब सहकारीले प्रत्येक बर्ष सहकारी ऐनले तोकेको अधिकतम बोनस १८ प्रतिसत नघटाइकन दिइने छ ।
क) अब हातमा सिप छ पैसा छैन र सिप हुनेहरुलाई हामी स्रोत दिने योजनामा छौ ।
ख) हाम्रा नानीहरुलाई अति राम्रो ज्ञान छ तर उसंग उच्चशिक्षा गर्ने पैसा छैन, पढ्ने पैसा छैन उहाँहरुलाई शैक्षिक कर्जा दिन्छौं ।
ग) अबको युग प्रबिधिक शिक्षाको युग हो भबिश्यमा सस्थाले प्रबिधिक शिक्षा तथा तालिम केन्दहरु नेपाल सरकारको निकाय (ऋत्भ्ख्त्) बाट स्कृती लिइ स्थापना गरि अध्यायन अध्यापन गराइ दक्ष जनशक्ती उत्पादन गर्ने संस्थाको लक्ष्य रहेको छ ।
घ) शेयर सदस्य महानुभवज्यूहरु अब आधुनिक खेतीको लागी मल बिउबिजन र मेसिन समेत उपलब्ध गराउने योजना छ ।
ङ) अग्रानिक सब्जीखेतीहरुको सरल, सुलब र शुफत तरिकाले बिक्रि बितरण गर्न संस्थाले बजारिकरण गरि सदस्य सुबिधा व्यावसायीक सुबिधा उपलब्ध गराइने छ ।
च) रेमिट्यान्स र बिप्रेषण लाई अझ ब्याबस्थित गरिने छ । (सहकारी रेमिट, आईएमइ, सिटि एक्स्प्रेस, मनिग्राम र प्रभु मनिट्रान्फर) पुनः सञ्चालन गगरिने छ ।
४, फाल्गुनन्द उपचार हित कोष तयार गरि प्रत्येक सदस्यहरु बिरामी पर्दा सो कोषबाट उपचार खर्च दिइने छ ।
५, सहकारीको अबको यहि कार्यकालमा ५ अर्बको ब्यालेन्टसिट पुन्याइने छ ।
६, कम्तिमा पनि १० देखि १२ हजार सेयर सदस्य पु¥याइने छ ।
७, सस्थाले जग्गा खरिद गरि भवन निमार्ण शुरु गरि यस कार्यकाल भित्र सेवा सञ्चालनमा ल्याइने छ ।
८, सस्थाको उदेश्य कार्य क्षेत्र प्रदेसमा सिमित नगरिकन नेपाल भरि हुने छ ।
९, सस्थाको यो कार्यकालमा आफ्नै सवारी साधन हुनेछ ।
१०, सस्थाको यो कार्यकालमा सेवाकेन्द्रहरु १० देखि १५ वटासम्म हुनेछ ।
११, सस्थामा कम्तिमा सञ्चालक र कार्यकर्ता बोर्डमा २५० जना भन्दा धेरै सदस्यहरुले समाज सेवा गर्ने अवसर प्राप्त गरिने छ ।
१२, सदस्यहरुलाई यस बर्षदेखि अरु सहकारीको सोसरह व्याजदर परिमार्जन गरिने छ ।
१३, कर्जा प्रबाह गर्दा यस बर्षदेखि लिइदै आएको २∞ सेवा सुल्कलाई पुर्णरुपमा कटौती गरिएको छ ।
१४, सस्थामा यो कार्यकालमा कम्तिमा १०० जना भन्दा बढि हाम्रा पढेका छन तर रोजगार छैन त्यता बेरोजगारी नानीहरुलाइ रोजगारीको व्यावस्था मिलाइने छ ।
१५, सस्थाको यो साधारणसभा पछि बार्षिक क्यालेन्डर तयार गरि प्रत्येक बर्ष भरिको कार्यक्रमको कार्य सुचि तयार गरि छिटो छरितो रुपमा सेवा प्रवाह गरिने छ ।
१६, सस्थाको कर्मचारीहरुलाई पचास हजारसम्म सवारी साधन किन्न रकम उपलब्ध गराइने छ । र बा“की रकम कर्मचारीले बिना ब्याज किस्ता बन्दीरुपमा आफ्नो तलबबाट कटौती गरि फिर्ता गर्ने सर्तमा सवारी कर्जाको सुबिधा उपलब्ध गराइने छ ।
१७, यो कार्यकालभित्र संस्थाले शेयर सदस्यहरुलाई कर्जाको कर्जा बिमा संस्थाको तर्फबाट गराइने छ ।
१८, सहकारीलाई प्रबिधिमय बनाइने छ ।
क) चेकप्रिन्ट मेसिन । सहकारीबाट अर्को सहकारी र बैकमा समेत पैसा पठाउन सकिने एप्सको व्यबस्था गरिने छ ।
ख) संस्थाको यो कार्यकाल भित्र एटिएम सञ्चालन गर्ने ।
ग) पुर्णरुपमा संस्थालाई डिजिटलमय बनाउने ।
घ) संस्थामा भाबि कार्ययोजना देखि दैनिक कारोबार एलसिडिमा स्क्रिनमा प्रस्तुत गरिने छ ।
१९, संस्थाले सञ्चालनमा लिइएको बिर्तामोड र शिबसताक्षीका सेवाकेन्द्रहरुलाई अझ व्यबस्थित गदै लगिने भने प्रस्ताबित सेवाकेन्द्रहरु
मेचिनगर, भद्रपुर, शनिअर्जुन, कन्काइ र कमल गापा मा सञ्चालनमा ल्याइने छ ।
२०, अबको युग प्रबिधि सगै व्यास्त समयको युग हो सबै ब्यास्त सहर बजारमा घर घरमा डेलिभरी बचत फिर्ता र बचत जम्माको सुबिधा दिइने र व्यास्त बजारमा काउण्टरहरुको व्यावस्था गरिने छ ।
२१, कार्यक्षेत्र इलाम झापा र मोरङ ३ जिल्लामा बिस्तारको निम्ति बिशेष पहललाई निरन्तरता दिइने छ । मोरङको उर्लाबारी र मिक्लाजुङ
इलामको चुलाचुली र माङसेबुङ रहने छ । यस बर्षदेखि माङसेबुङमा फाल्गुनन्द लघुबित्त कर्जा र साप्ताहिक काउण्टरको व्यावस्था मिलाइने छ ।
२२, फाल्गुनन्द आवास योजना अगाडी बढाइ कम्तिमा २० देखि ५० घर परिवारलाई घरघडेरी दिलाइने छ । यो घरघडेरी लामो र सानो किस्तामा हुनेछ । यस बारे तपाइ हामी र कानुन बिदहरु समेत बसेर कार्यबिधि आचार संहिता बनाइने छ र लागु गरिने छ ।
२३, अहिले दिदै आएको बिभिन्न सेवामा थप गरिने छ ।
क, सेयर सदस्यको मृत्यु भएमा रु १५००० लाइ थप गरि रु २५ देखि ५० पुन्याइने छ ।
ख, हकवालामा रु १० हजार सम्म पुन्याइने छ ।
ग, सेयर सदस्यहरुलाइ नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट शिफारिस गरिएको १४ वटा प्राण घातक रोगहरुमा रु २५ हजारदेखि माथि केहि थप गरिने छ ।
२४, सहकारीले अब नाफा भन्दा सेवा दिन्छ सस्कार दिन्छ प्रबिधि दिन्छ, उधम दिन्छ, व्यवसाय दिन्छ ।
२५, यस बर्षदेखि कर्मचारीहरुको सञ्चय कोष उपदान कोषको समेत व्यबस्था गरिएको छ भने कर्मचारी र सञ्चालकहरुमा समेत दुर्घटना बिमा गरिने छ ।
२६, संस्थाले यस बर्ष भित्र एम्बुलेन्स सञ्चालन गर्ने र सदस्यहरुलाई २० ∞ छुट दिइने छ।
२७, संस्थाले अब बढि भन्दा बढि सदस्य शिक्षा दिइने र अन्तरत्रिया छलफललाइ पहिलो प्राथमिक्ता दिइने छ र सदस्यको इच्छा भावना बुझेर सहकारी नीति अनुसार सदस्यहरुमा फजुल खर्च कटौती गरि बचत गर्ने बानी लगायतको सहकारी सदस्य शिक्षा दिलाइने छ ।
२८, कृषि अनुदान कर्जा, स्वरोजगार कर्जा, साना तथा मझौला कर्जा र ठुला तथा स्मार्ट कर्जाको परिकल्पना गरिएको छ यो सबै कर्जामा सम्बधित निकायहरुमा समन्वय गरि लागु गरिने छ ।
२९, पशुपालन अन्तरगत उन्नत जातका बंगुर गाइ भैसी बाख्रा र पशुपक्षिहरुमा समेत संस्थाले प्राथमिक्तामा राखेर नीति अगाढी बढाइने छ ।
३०, अब सेयर सदस्य महानुभवज्यूहरुमा अफिस आएर सानो कर्जा लिइ रहनु नपर्ने छ । आउदो बर्षदेखि बजार प्रतिनिधिहरुले प्रबन्धकको सल्लाह लिइ फिल्ड बाटै सानो कर्जा लगानी गरिने छ ।
३१, सहकारी यो ४ बर्षभित्र बिभिन्न ब्राण्डमा ब्राण्डेट गराइने छ । प्रोबेसन ब्राण्ड, एसेस ब्राण्ड, लगायतमा सुचिकृत गराउने लक्ष छ ।
अब फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले पनि टपटेन भित्र पर्नको लागी भरपुर सबै कसरत गर्ने छ ।
३३, भक्र्खर झापा मोरङको नया सर्बेक्षत्र अनुसार बार्षिक रुपमा ५०० भन्दा बढि मानिसहरु बिषालु सर्पको टोकाई बाट मृत्यु हुने गर्छन यसकारण बिषालु सर्प भएको जिल्ला भएकोले यस बर्षेदेखि सर्पदंश औषधी खर्च संस्थाले दिलाइने जानकारी गराउ“छु ।
३४, यस बर्षदेखि ७० बर्षेदेखि माथीको उमेरलाई नया शेयर सदस्य लिइने छैन । ८० बर्ष पुगेको शेयर सदस्यलाई मासिक रु ५०० र बर्षको ६००० औषधी खर्च दिइने छ ।
३५, यस बर्षदेखि ७० बर्ष माथिका सदस्यरुलाई कर्जा लगानी गरिने छैन यदि कर्जा भए ७० बर्ष पुग्न ३ महिना अगावै कर्जाको कारोबारमा पुस्ता हस्तान्त्रण गरि ऋण मुक्त बनाइने छ ।
३६, संस्थाले कर्जा बिमा र सेयर सदस्य बिमा गर्ने छ ।
३७, सहकारी संस्थाको जन्म नै बिपन्न मजदुर पिछडिएको बर्ग लोपमुख जाती आरक्षित जाती र संरक्षित जातीहरुलाई बिशेष किसिमको सेवा सुबिधा दिइने छ ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...