नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा १८ जना, को–को भए पदाधिकारी ?

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पदाधिकारीको नाम टुङ्गो लगाएको छ । अध्यक्षको प्रस्तावमा केही हेरफेर हुँदै १८ सदस्यीय पदाधिकारी टुंगो लागेको हो ।

कार्य विभाजनमा अध्यक्ष माधवकुमार नेपालपछि झलनाथ खनाल बरिष्ठ नेता छन् भने उपाध्यक्षहरुभन्दा माथि मुकुन्द न्यौपानेलाई नेताको रुपमा तेस्रो वरियतामा राखिएको एकीकृत समाजवादी पार्टी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपाध्यक्षमा ७ जना, महासचिव १, उपमहासचिव ३, सचिव ४ जना गरि १८ सदस्यीय पदाधिकारी चयन भएका छन् ।

अध्यक्ष माधव नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, जयन्ती राई, घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठ चयन भएका छन् । त्यसैगरी महासचिवमा बेदुराम भुसाल चयन भएका छन् ।

उपमहासचिवहरुमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन् । त्यसैगरी सचिवहरुमा जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

केही प्राविधिक त्रुटि हुनेभएपछि केही नेताहरुलाई पदाधिकारीमा व्यवस्थापन गरिएको पार्टी स्रोतले बताएको छ ।

त्यसैगरी एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;