फाल्गुनन्द साकोसको चौथो कार्यकालको लागि अध्यक्षमा पुनः संकल्पले पाए जिम्मेवारी

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ असाेज । झापाको दमकमा संचालित फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभासँगै सम्पन्न चौथो. अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि संकल्प लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट उनका प्रतिद्वन्दी निवर्तमान उपाध्यक्ष महेन्द्र चाम्लिङ् राईलाई भारी मतअन्तरले पराजित गरि लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।

दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बिहीबार सम्पन्न निर्वाचन पश्चात रातिभएको मतगणनाको अन्तिम परिणामले लिङ्देनलाई थप ३ बर्षको लागि अध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी सचिव पदमा उम्मेद्वार देशराज नेम्बाङ्ले प्रतिद्वन्दी जितबहादुर लिम्बु (जितेन)लाई पराजित गर्दै विजयी भएका छन् । नेम्बाङ् विगत लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध रहेर दमकका क्रियासिल रहेका छन् ।

संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिव वाहेकका अन्य पदहरुमा भने यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणी ओझाले जानकारी दिएका छन् ।

संयोजकका अनुसार सञ्चालक समितिका उपाध्यक्षद्धयमा फूलकुमारी आङदेम्बे, दिलीप जवेगु, कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे, कमला सुब्बा, मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् ।

यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने लेखा सदस्यद्धयमा बीरवहादुर लावती र शक्ति वहादुर साम्बा रहेका छन् ।

संस्थाले बार्षिक साधारणसभाबाट नीति तथा कार्यक्रमलाई पारित नभई निर्वाचन प्रक्रिया शुरु गरिएकाेमा सचिव पदका प्रत्यासी जितेनले रोष प्रकट गरेका थिए । संस्थाको नयाँ नेतृत्व चयन गर्नलागि झापाका सहकारी अभियन्ता ओझाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;