फाल्गुनन्द साकोसको चौथो कार्यकालको लागि अध्यक्षमा पुनः संकल्पले पाए जिम्मेवारी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ असाेज । झापाको दमकमा संचालित फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभासँगै सम्पन्न चौथो. अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि संकल्प लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट उनका प्रतिद्वन्दी निवर्तमान उपाध्यक्ष महेन्द्र चाम्लिङ् राईलाई भारी मतअन्तरले पराजित गरि लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।

दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बिहीबार सम्पन्न निर्वाचन पश्चात रातिभएको मतगणनाको अन्तिम परिणामले लिङ्देनलाई थप ३ बर्षको लागि अध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी सचिव पदमा उम्मेद्वार देशराज नेम्बाङ्ले प्रतिद्वन्दी जितबहादुर लिम्बु (जितेन)लाई पराजित गर्दै विजयी भएका छन् । नेम्बाङ् विगत लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध रहेर दमकका क्रियासिल रहेका छन् ।

संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिव वाहेकका अन्य पदहरुमा भने यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणी ओझाले जानकारी दिएका छन् ।

संयोजकका अनुसार सञ्चालक समितिका उपाध्यक्षद्धयमा फूलकुमारी आङदेम्बे, दिलीप जवेगु, कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे, कमला सुब्बा, मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् ।

यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने लेखा सदस्यद्धयमा बीरवहादुर लावती र शक्ति वहादुर साम्बा रहेका छन् ।

संस्थाले बार्षिक साधारणसभाबाट नीति तथा कार्यक्रमलाई पारित नभई निर्वाचन प्रक्रिया शुरु गरिएकाेमा सचिव पदका प्रत्यासी जितेनले रोष प्रकट गरेका थिए । संस्थाको नयाँ नेतृत्व चयन गर्नलागि झापाका सहकारी अभियन्ता ओझाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...