सर्वसम्मत नयाँ समिती चयन गर्दै शिखा सहकारीको १० औं साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ८ असाेज। शिखा बचत तथा ऋण सहकारीले आफ्नो १०औं बार्शिक साधारणसभा सम्पन्न गरेको छ । आज सस्थामा आयोजित एक कार्यक्रमका बिच १०औं साधारणसभा सम्पन्न गरेको हो । सस्थाले आगामी ४ बर्षका लागि नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

गत असोज ५ गतेदेखि सुरुभएको शिखाको साधारणसभा आज बिधिवत रुपमा सम्पन्न भएको हो । सरकारले निर्धारण गरेको सुरक्षा मापदन्ड अपनाएर साधारणसभा सम्पन्न गरिएको सस्थाका ब्यवस्थापक तुलशी राजबंशीले जानकारी दिए ।

१०औं साधारणसभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको नेतृत्वमा गठन भएको निर्वाचन समितीले तेज कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत समिती चयन गरेको हो । २ जना बाहेक सबै पुरानै समिति सर्वसम्मत चयन भएको सदस्य हरि लामाले जानकारी दिए ।

साथै सस्थाले संस्थापक अध्यक्ष पृतम सुब्बालाई सम्मान गरेको छ । शिखा सहकारीको सुरुवात गर्न ठुलो भुमिका खेलेको भन्दै सुब्बालाई सम्मान गरिएको सस्थाले जनाएको छ । साथै सहकारीको १० औं बार्शिक साधारणसभा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रती सस्थाले हार्दिक आभार ब्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष तेजकुमार श्रेष्ठले संस्थालाई यहाँसम्म ल्याउनका लागि निरन्तर मार्गदर्शन गर्ने संचालक समितीका साथै, साधारणसभा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण शेयर सदस्य ज्युहरु, सस्थाका सम्पुर्ण कर्मचारी, सुभचिन्तक लगायत सबैमा हार्दिक आभार गर्दै सबैलाई धन्यवाद दिए ।

साथै शनिबारबाट सहकारीको नियमित कारोबार सुचारु हुनेपनि सस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...