“संघीय मञ्च नेपालकै एकमात्र पृथक पार्टी हो” – उपाध्यक्ष ज्ञानु इम्बुङ्

 लिम्बुवान न्युज
                       

मेचीनगर, ८ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङले मञ्च नेपालकै एकमात्र पृथक राजनैतिक पार्टी भएको बताए । आज शुक्रबार संघीय लिम्बुवान मञ्च, नेपाल मेचीनगर १२ वडाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष इम्बुङ् बताएका हुन् ।

प्रमुख अतिथि इम्बुङ्ले एकात्मकवादी पार्टीको लडाई भन्दा संघीयताको लडाई फरक भएको बताए । उनले नेपालमा १२५ भन्दा धेरै जाती र भाषाहरु भएको नेपालमा एकात्मक शासन व्यवस्थाले परिवर्तन हुन नसक्ने बताए । जब नेपालमा लिम्बुवान सहितको १०+१ प्रान्तहरु स्थापना हुन्छ तब मात्र यो देशमा बोलिने सबै भाषाहरुले मान्यता पाउने छन् –उपाध्यक्ष इम्बुङले भने । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसकेता पनि शासक वर्गहरु अझै जनतालाई भ्रम छर्दै संघीयतालाई खारेज गर्ने षडयन्त्रमा एकात्मकवादीहरु लागेको हुँदा संघीयवादीहरु होशियार रहने समेत इम्बुङले सचेत गरेका छन् ।

यसैगरी कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावतीले मञ्चले मेची लिम्बुवान देखि महाकाली खसानसम्म मञ्चको चार बर्षे योजना अन्तर्गतका कार्यक्रमहरु भईरहेको बताउँदै अब चाँडै नै मञ्चले तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै पार्टीलाई एउटा राजनैतिक उच्चाईमा पु¥याउने लक्ष्यका साथ अघि बढेको बताएका छन् । राज्यको पुनः संरचनाले यहाँका जातीहरुमाथि विभाजित गर्ने राज्यको नीति संघीयता विरोधी भएको हूँदा यो ढंगबाट नेपालको संघीयता सम्भव नरहेको लावतीले बताए । खोक्रो नाममात्रको संघीयताले मुलुक नबन्ने बरु संघीयतालाई नै असफल बनाउने खेलमा लागेको उनले आरोप लगाएका छन् ।

कार्यक्रममा मञ्चका सचिवालय सदस्य मिन चम्लागाई, झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, उपाध्यक्ष अमित खम्बूले मुलुक परिवर्तन गर्न सक्ने एकमात्र विकल्प भनेकै संघीयता हो । संघीयता कार्यान्वयन नगरे मुलुक कुनैपनिबेला साम्राज्यवादीहरुको दासी बन्नु पर्ने बताएका छन् । एमसीसी ल्याउने सरकारको कार्ययोजनाले मुलुकलाई अझ द्वन्द्व तर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

लिम्बुवान मेचीनगर १२ को वडा अधिवेशनले मिलन मावोको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । खुल्लासत्र पश्चात शुरु भएको बन्दसत्रले सर्वसहमतिमा माबोलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा चन्द्रकला मेयाङ्बो, सचिवमा ललित तुम्रोक, सह–सचिवमा उदय थाम्सुहाङ, अर्थसचिवमा रण बहादुर थाम्सुहाङ रहेका छन् भने सचिवालय सदस्यहरुमा विवेक साँबा, अनुप दाहाल, डम्बर केबुहाङ, सुसन लिम्बु, निरु बस्नेत र संजय मेचे रहेका छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः अमित राजवंशी, राजेश धिमाल, शंकर मेचे, पृथ्वीबहादुर लिम्बु, दल बहादुर चौधरी, कुमार बोहोरा र नवराज भण्डारी सर्वसहमतिमा निर्वाचित भएका छन् । यसरी नै लिम्बुवान भोलेन्टियर्स मेचीनगर १२ को फिल्ड कमाण्डरमा अनुप दाहाल नियुक्ती भएका छन् । उनलाई कार्यक्रम स्थलमै नियुक्ति पत्र केन्द्रीय सिनियर उपकमाण्डर काजीमान ओख्राबोले दिएका छन् ।


मेचीनगर १२ धाइजनस्थित कियाचू हिमको प्राङ्गणमा आयोजित कार्यक्रममा मञ्चका उपाध्यक्ष नन्दु विष्ट क्षेत्री, प्रान्तीय सचिव मानबहादुर साँवा, प्रान्तीय सदस्यहरु काजीमान ओख्राबो, अरुणा जवेगु, फुङ्नाम लिम्बु, पहिचान सदस्य पूर्ण योङहाङ, क्षेत्र नं. १ का अध्यक्ष लिलानाथ आङदेम्बे, क्षेत्रीय सदस्य माया काम्बाङ, बुद्धशान्ती अध्यक्ष पूर्ण तबेबुङ लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

यसैगरी वडाअधिवेशन संयोजक ललित तुम्रोक लिम्बुको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय सदस्य राजकुमार कार्कीले गरेका थिए भने संचालन प्रान्तीय सदस्य नन्दु भाई मेन्याङ्बोले गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...