हतासको मनोदशा

 लिम्बुवान न्युज
                       

दक्षिण पूर्व एशियाको  भू-परिवेष्ठित राष्ट्र नेपाल विश्व राजनैतिक मञ्चमा एकाएक चर्चामा आएको छ । विश्व सक्ती राष्ट्र चीन र भारतको केन्द्रमा रहेको राष्ट्र नेपाल पूर्वी एसियामा मात्र होइन वासिङ्टन, बेइजिङ्ग, ह्वाइट हाउस नयाँ दिल्ली र अन्य सक्ती राष्ट्रहरूको चासो र निगरानीको विषय बनेको देखिन्छ । विश्वमा छाएको पुँजीवादी लोकतन्त्र बाद र साम्यवादी निरङ्कुश बाद सिद्धान्तको बीचबाट नेपालले आफुलाई डोर्याउदै आयको छ।असंलग्न परराष्ट्र नीति तय गरेको नेपालले दुवै छिमेकी राष्ट्रको अस्तित्व स्विकार गर्दै कोहीसँग प्रत्यक्ष संलग्न नहुने र कुनै अन्तराष्ट्रिय विवाद आयमा त्यसको मध्यमार्ग नीति अबलम्बन गरेको छ ।

चीन र भारतको बीचमा अवस्थित नेपालले दुवै छिमेकी राष्ट्रलाई रिझाएर उनीहरूको विकास र समृद्धिको फाइदा आफूले लिन सक्नु पर्ने हुन्छ । एउटा विशाल नदीबाट तर्न जसरी नदीमा पुल निर्माण गरिन्छ त्यसरी नै दुई शक्ति राष्ट्रहरूको बीचमा संवाद र मित्रता कायम राख्दै नेपालले राजनैतिक असंलग्न राष्ट्रिय पुलको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

नेपाल आदिकालदेखि नै दुवै छिमेकी देसलाई आफ्नो असल छिमेकी को परिचय दिलाउन सफल भइआएको छ । तर सन् २०२० देखि यता नेपालको आन्तरिक मामिलामा छिमेकी देश चीनको संलग्नता र भूमिकामा एकाएक परिवर्तन आयको देखिन्छ । आजै मात्र चीनकी राजदुतले नेपालको राष्ट्रपति भवनमा चीनका राष्ट्रपति सी जीन पिङ् को राजनैतिक मार्गचित्रको व्याख्या र विमोचनले चीनको हतास मनोदशालाई इङकित गर्छ । अहिले चीन सि जिन पिङ्को दर्शनको व्याख्या र प्रचार प्रसारमा केन्द्रित भएको देखिन्छ । दक्षिण पूर्व एशियाको क्षत्रिय संघठन सार्क क्ब्ब्च्ऋ मा आफ्नो उपस्थिति नहुने भए देखिनै चीन कुनै न कुनै रूप, भूमिका, सर्त वा सम्झौताको बहानामा नेपालमा परोक्ष रुपमा उपस्थित हुन चाहान्छ । नेपालका विकासका हरेक परियोजनामा आफूलाई प्रत्यक्ष सहभागी बनाउनु चीनको दक्षिण पूर्व एशिया प्रवेशको रणनीति हुनसक्ने विज्ञहरुको बुझाइ छ । जसरी अमेरिका र युरोपले चीनलाई विश्वको आर्थिक र सामाजिक क्षेत्रबाट एक्लो पार्ने रणनीति लिएका छन् त्यसको प्रतिरक्षा र जवाफी रणनीतिमा चीन नेपाललाई प्रवेश मार्गको रुपमा लिँदै दक्षिण पूर्व एशियामा भारतलाई घेराबन्दी गर्ने रणनीतिमा देखिन्छ ।

चीन “नेपाल, श्रीलङ्का, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा आफ्नो भूमिका सक्रिय बनाइरहेको देखिन्छ । साना–साना विकासे गतिविधीबाट प्रवेश गर्दै ठूलठूला राष्ट्रिय गौरबका आयोजनामा आफ्नो उपस्थिति देखाउनु चीनको गोप्य वैदेशिक रणनीति हुन सक्ने कुराको अनुमान दक्षिण पूर्व एशियाका जानकारहरूको बुझाइ छ ।

विश्व शक्ति राष्ट्रहरूको स्वार्थबाट विमुख रही आफ्नो राष्ट्रिय अखण्डता स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्दै राष्ट्रिय विकासमा केन्द्रित हुनु नै नेपाल र नेपालीको लागि स्वर्णिम अवसर हुन सक्छ । आदिम कालदेखिको नेपाल भारत सम्बन्धलाई जीवन्त राख्दै सबै शक्ति र छिमेकी देशण्हरुसंग सुमधुर सम्बन्ध कायम राख्नु नै नेपाल र नेपालीको रणनीति हुनु पर्छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...