बहु प्रतिक्षित ‘देम सारो’ गीतको भिडियो सार्वजनिक

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ असोज । सर्वप्रिय गायक राजेश पायल राईको बहु प्रतिक्षित ‘देम सारो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दर्शन नमस्ते ५ एल्बममा समाबेश हुने यो गीतको अडियो रिलिज अगाबै श्रोताको मनमा बस्न सफल भैसकेको थियो भने भिडियो पनि सार्वजनिक भएको केही घण्टामै कतारमा ट्रेन्डिङमा परिसकेको छ ।

गीत सार्वजनिक भएको केही घण्टामै कतारमा यु–ट्युबको ट्रेण्डिङ ६ मा परेको गायक राईले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेर जानकारी दिनु भयो ।

“नेपाली गीतले अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाउनु आम नेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो ।”

कवि तथा गीतकार राजन मुकारुङको उत्कृष्ट शब्दलाई राजेश पायल राईकोनै संगीत भरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने गीतलाई पर्पल रेकर्डिङ स्टुडियोमा सुमन खड्का र सरन छिनामले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

मेगास्टार गायक राजेश पायल राईको आफनै अफिसियल युट्युब च्यानल च्बवभकज एबथब िच्बष् मार्फत सार्वजनिक गरिएको भिडियोमा राजेश पायल राई, दयाहाङ राई, विल्सन बिक्रम राई र रजनी गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने बुद्दी तामाङ बिशेष अतिथिको रुपमा देखिएका छन् ।

कमल राईले नृत्य निर्देशन गरेको भिडियोमा राई समुदायको भेषभुषा र केटाकेटीको प्रेमिल माहोल देखाइएको भने कलाकार र कोरसहरु सुन्दर ठाउँमा छमछमी नाचेका छन् ।

किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा बिक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । याे समचार तयार पार्दासम्म नेपाली यूट्यवकाे २२ औं टेन्डिङमा रहेकाे छ ।

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=MWhYYB4FAK0

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;