लिम्बुवान मञ्चमा प्रवेशको लहर, कमल ३ को अध्यक्षमा सुवास मुखिया निर्वाचित

 लिम्बुवान न्युज
                       

केर्खाबजार, ९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेशको लहर शुरुभएको छ । शनिबार कमलस्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा आयोजित पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रममा नवप्रवेशीहरु लिम्बुवानमा प्रवेश गरेका हुन् ।

लामो समय नेकपा एमालेको विभिन्न पदहरुमा रहेर सक्रिय रहेका सुवास मुखिय लिम्बुवानमा प्रवेश गरेका छन् । त्यसरी नै नेपाली कांग्रेसका सक्रिय सदस्य भोला मगर (भोलानाथ)ले पनि पार्टी परित्याग गरि प्रवेश गरेका छन् । त्यसैगरी अन्य नवप्रवेशीहरुमा दिपेन्द्र नेपाली, मंगलसिं बि.क., वीरहाङ लिम्बु, श्याम खालिङ, प्रितम लावती, रत्न जवेगु, रणेन्द्र जवेगु, बुद्धी लिम्बु, मन्तोष खेवाङ, मिक्की लिम्बु, एलिसा नेपाली, रमिला दास, इन्द्र बहादुर लम्जेल, सन्तुमाया मगर, सरु राई, माया इङ्नाम, सीता योङ र छवी मोते रहेका छन् ।

नवप्रवेशीहरुलाई अविर र खाँदा ओडाई मञ्चका प्रान्तीय उपमहासचिव भानु भट्टराई र दिल कुमार लावतीले स्वागत सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा लिम्बुवानको कमल वडा नम्बर ३ को नयाँ कार्य समिति चयन गरेको छ । लामो समय कम्यूनिस्ट राजनीतिमा सक्रिय भई प्रवेश भएका सुवास मुखियालाई वडाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसैगरी समितिको उपाध्यक्षमा नगेन्द्र मावो, सचिव राजन सम्बाहाम्फे, अर्थसचिवमा सञ्जु योङहाङ रहेका छन् भने सदस्यहरुमा चन्द्र मेन्याङ्बो, इन्दु लिम्बु र संगीता लिम्बु रहेका छन् । थप अन्य पदाधिकारी र सदस्यहरु वडाको पहिलो बैठकले थपेर अनुमोदन गर्ने जनाईएको छ ।

वडामा निर्वाचित समितिलाई प्रमुख अतिथि समेत रहेका उपमहासचिव भानु भट्टराईले सफल गराई सफल नेतृत्वको शुभकामना दिएका छन् । समितिले आगामी दिनमा रचनात्मक कार्यक्रमहरु ल्याई पहिचान सहितको संघीयतालाई संस्थागत गर्न थप मद्दत गर्न भट्टराईले आग्रह गरेका छन् ।

त्यसैगरी मञ्चका प्रान्तीय उपमहासचिव दिल कुमार लावतीले मञ्च सबै चुनावहरुको सामना गर्न तमतयार भईरहेको हुँदा आगामी महाधिवेशन लक्षित कार्यक्रमहरु मञ्चले लिम्बुवान देखि खसानसम्मका १०+१ प्रान्त र जिल्ला, क्षेत्र, नगर, गाउँ र वडाहरुमा शुरु गरेको बताए । त्यसैगरी महिला नेतृ प्रान्तीय सचिव विष्णु भट्टराईले अस्तित्वको लडाईका सबै एकजुट भएर लड्न आग्रह गरिन् । पहिचान विरोधी पार्टी एमाले कांग्रेस विरुद्ध उभिएको एकमात्र पार्टी मञ्च नै भएको सचिव भट्टराईको ठहर छ ।

यसरी नै संघीय दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम ऋषिदेवले लिम्बुवान एक्लो छैन १०+१ प्रान्त छ । तराईको उत्पीडित जाति, वर्गहरु साथ दिन तयार रहेको बताए । विभेदकारी शासनसत्ताको बिरुद्ध उभिएको मञ्च एकमात्र पहिचानवादी पार्टी भएको बताउँदै ऋषिदेवले भने जबसम्म यो देशको न्यायपालिका र कार्यपालिका हाम्रो पक्षमा ल्याउन सकिदैन तबसम्म सर्वहारा वर्गले शोषण दमन गरिरहने छन् । उनले भने समाजवाद र पुँजीवादले यो देशको मुक्ति सम्भव छ्रैन । उनले भने अमेरिकाको एमसीसी सम्झौताले नेपाली चेलीहरुको अस्मिता लुट्ने र बालबालिकाको शोषण गरि अफगानिस्तान जस्तो मुलुक बन्ने भन्दै खबरदारी गरेका छन् । मञ्चका झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक र सामाजिक अभियन्ता विरेन्द्र याक्थुङबाले पनि कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मञ्चका प्रान्तीय सदस्यहरु बलनाथ नाल्बो, सन्तोष तुम्बापो, प्रकाश नेम्बाङ, सुर्य योक्पाङदेन, मनकुमार थलङ, लोकेन्द्र माङलाक, जिल्ला सचिव राज आङ्थुपो, सदस्य नरेन्द्र लावती लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष अमर मावोहाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला मञ्च कमलकी नेत्रि दिवइाकला बराल थेवेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन पालिका सचिव विजेन्द्र मेन्याङबोले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;