लिम्बुवान कतार प्रवासबाट आगजनीमा घाइते भएकी विष्णुमाया लिम्बुलाई आर्थिक सहयोग

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर ।  मोरङको केराबारी २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासले आर्थिक सहयोग गरेको छ । गत हप्ता अचानक घरमा आगजनी हँुदा शरीरको ८० प्रतिशत भाग जलेर असक्त भएकी लिम्बको उपचारको लागि कतारले आर्थिक सहयोग प्रदान गरेको हो ।

अचानक घरमा आगो लागेपछि उनको पुरै शरीर जलेको हुँदा हाल काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । डाक्टरहरुका सल्लाह अनुसार उपचारका लागि लामो समय सम्म अस्पतालमा राख्नु पर्ने र आर्थिक भारपनि उतिकै हुने भनी खबर प्राप्त भए पछि सलिसाम कतारले ४८ हजार ६ सय रुपैयाँ रकम सहयोग गरेको हो ।

सलिसाम कतारले उपलब्ध पदाधिकारी एवं सदस्यहरु बिचको भएको छलफलबाट आर्थिक संकलन गरि सहयोग गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिम्बुले जानकारी दिएका छन् ।

साथै सलिसाम कतारको हरेक कार्यमा हातोमालो गर्दै आईरहेका तेह्रथुम, सिम्ले निवासी सामाजिक अभियानता विरबहादुर थापाले बिष्णुमायाको उपचारका लागि कतारी रियल १ हजार सहयोग गरेका थिए ।

उपचारर्थ विष्णुमाया सलिसाम कतार अन्तरगत खेलकुद विभागका सदस्य मुस्कान मिभकका आमा हुन ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;