लिम्बुवान सामाजिक मञ्च यूकेको रशमुर शाखा अध्यक्षमा थान कुमान नाल्बो निर्वाचित

 लिम्बुवान न्युज
                       

बेलायत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति यूकेको रशमुर शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके रशमुरको एम्पायर बाङ्क्विटिङ हलमा आयोजित कार्यक्रमले थान कुमान नाल्बोको अध्यक्षतामा रशमुर शाखा गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा भक्तिहाङ नेम्बाङ लिम्बु, सन्तोष फावेन लिम्बु चयन हुनुभएको छ भने सचिवमा बचन लिम्बु हुक्पा चोङबाङ, सह–सचिवमा सेसेहाङ इवा लिम्बु, अर्थसचिवमा दिलीप लिम्बु आङ्बुहाङ, सह–अर्थसचिव बिष्णुमान राई देवान निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः देउमान तेयुङ लिम्बु, गणेश साम्बाहाङ्फे लिम्बु, भक्त राई र श्री चन्द्र राई हुनु हुन्छ । त्यसैगरी सल्लाहकारहरु धनकुमार नेम्बाङ, हिन्दु प्रसाद लिम्बु र तेजप्रकाश लाओती मनोनयन भएका छन् ।

लिम्बुवान सामाजिक मञ्च यूके प्रवासका केन्द्रीय उपाध्यक्ष नरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा, केन्द्रीय महासचिव राम इजम, वेस्ट लण्डन शाखा अध्यक्ष हेम तुम्बापोको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता हिन्दु प्रसाद लिम्बुले गरेका थिए ।

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...