याक्थुङ साप्सक्केन् सजुम गठनः अध्यक्षमा डिल्ली लिङ्दम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी १० जमुना होटल मोरङमा याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।

त्यसैगरी समाजको उपाध्यक्ष इन्दिरा नेम्बाङ (पान्थर), सचिव पुष्पहाङ् लोवा (झापा), सहसचिव कविन तुम्बापो (चौविस धनकुटा) र कोषाध्यक्ष सविता चोङ्बाङ क्याक (सुनसरी) रहेका छन् । यसैगरी सदस्यहरूमा शुक्र आङ्देम्बे (पाटी मोरङ), मञ्जु थेगिम (मुगु), टेकबहादुर सङ्बाहाम्फे (जेफाले मोरङ), लाखमान चोबेगु (केराबारी), शान्ति चेम्जोङ (सिंहदेवी), रविन्द्र केदेम (भरौल), राज सानू चोबेगु (पाटी मोरङ), श्रीमान खजुम (देउराली धनकुटा), सन्देश तुम्बापो (लेटाङ मोरङ), हृदय थेगिम (बसन्तटार धनकुटा), सिक्कुम सुहाङ (केराबारी), कमल चेम्जोङ (साँगुरीगढी धनकुटा), केजी सुब्बा (धनकुटा बजार), टेकवीर युङसाहाङ् (सम्मेवा धनकुटा), राज माङलाक (पान्थर), पूर्ण खजुम (डाँडा बजार) राजभक्त चेम्जोङ (मोरङ) र टीका थोक्लेन (जोरपाटी धनकुटा) रहेका छन् ।

केराबारी वडा नम्बर ७ का वडाअध्यक्ष नारायण प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोरङ, झापा, सुनसरी र धनकुटाका स्रष्टाहरूको उपस्थिति रहेको थियोे भने इन्दिरा नेम्बाङ, शुक्र आङ्देम्बे, रविन्द्र केदेम, लाखमान चोबेगु, मञ्जु थेगिम, कविन तुम्बापो, डिल्ली लिङ्दम लगायतका स्रष्टाहरूले रचना प्रस्तुत गरेका थिए । उक्त रचना माथि पुष्पहाङ लोवाले टिप्पणी गरेका थिए । मञ्जु थेगिमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम डिल्ली लिङ्दमको अध्यक्षता तथा कविन तुम्बापोको सञ्चालन रहेको थियोे ।

विभिन्न ठाउँमा छरपस्ट छरिएर रहेका याक्थुङ (लिम्बू) भाषाका स्रष्टाहरूलाई संगठित गरेर सिर्जनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै भाषा, साहित्यको निरन्तर विकास गर्ने उदेश्यले याक्थुङ साप्सक्केन सजुम गठन भएको र भाषा साहित्यलाई श्रम र उत्पादनसँग पनि जोडेर लैजानुपर्ने अध्यक्ष लिङ्दमले बताउनु भयो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...