याक्थुङ साप्सक्केन् सजुम गठनः अध्यक्षमा डिल्ली लिङ्दम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी १० जमुना होटल मोरङमा याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।

त्यसैगरी समाजको उपाध्यक्ष इन्दिरा नेम्बाङ (पान्थर), सचिव पुष्पहाङ् लोवा (झापा), सहसचिव कविन तुम्बापो (चौविस धनकुटा) र कोषाध्यक्ष सविता चोङ्बाङ क्याक (सुनसरी) रहेका छन् । यसैगरी सदस्यहरूमा शुक्र आङ्देम्बे (पाटी मोरङ), मञ्जु थेगिम (मुगु), टेकबहादुर सङ्बाहाम्फे (जेफाले मोरङ), लाखमान चोबेगु (केराबारी), शान्ति चेम्जोङ (सिंहदेवी), रविन्द्र केदेम (भरौल), राज सानू चोबेगु (पाटी मोरङ), श्रीमान खजुम (देउराली धनकुटा), सन्देश तुम्बापो (लेटाङ मोरङ), हृदय थेगिम (बसन्तटार धनकुटा), सिक्कुम सुहाङ (केराबारी), कमल चेम्जोङ (साँगुरीगढी धनकुटा), केजी सुब्बा (धनकुटा बजार), टेकवीर युङसाहाङ् (सम्मेवा धनकुटा), राज माङलाक (पान्थर), पूर्ण खजुम (डाँडा बजार) राजभक्त चेम्जोङ (मोरङ) र टीका थोक्लेन (जोरपाटी धनकुटा) रहेका छन् ।

केराबारी वडा नम्बर ७ का वडाअध्यक्ष नारायण प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोरङ, झापा, सुनसरी र धनकुटाका स्रष्टाहरूको उपस्थिति रहेको थियोे भने इन्दिरा नेम्बाङ, शुक्र आङ्देम्बे, रविन्द्र केदेम, लाखमान चोबेगु, मञ्जु थेगिम, कविन तुम्बापो, डिल्ली लिङ्दम लगायतका स्रष्टाहरूले रचना प्रस्तुत गरेका थिए । उक्त रचना माथि पुष्पहाङ लोवाले टिप्पणी गरेका थिए । मञ्जु थेगिमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम डिल्ली लिङ्दमको अध्यक्षता तथा कविन तुम्बापोको सञ्चालन रहेको थियोे ।

विभिन्न ठाउँमा छरपस्ट छरिएर रहेका याक्थुङ (लिम्बू) भाषाका स्रष्टाहरूलाई संगठित गरेर सिर्जनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै भाषा, साहित्यको निरन्तर विकास गर्ने उदेश्यले याक्थुङ साप्सक्केन सजुम गठन भएको र भाषा साहित्यलाई श्रम र उत्पादनसँग पनि जोडेर लैजानुपर्ने अध्यक्ष लिङ्दमले बताउनु भयो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...