एनआरएनए केन्द्रीय अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् ।

आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए ।
‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तिमा एक सय पु¥याउने घोषणा गरेका छन् ।

हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन्, समाजसेवी पनि हुन् ।

करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने

अध्यक्षका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरेका छन् ।

आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताए । ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ,’ उनले भने, ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो ।’

आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइतिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले समर्थन गरेका छन् । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ ।

सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन् ।

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापा लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेल रहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ ।   प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् ।खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् ! मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको...

दमकमा राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने 

दमक । झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेलरहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ । प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् । खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...