एनआरएनए केन्द्रीय अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् ।

आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए ।
‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तिमा एक सय पु¥याउने घोषणा गरेका छन् ।

हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन्, समाजसेवी पनि हुन् ।

करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने

अध्यक्षका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरूको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरेका छन् ।

आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरूको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताए । ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ,’ उनले भने, ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो ।’

आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइतिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले समर्थन गरेका छन् । आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ ।

सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिएका छन् ।

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापा लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...