लिम्बुवान न्युज
                       

दमक, ९ असोज । नेकपा (एकीकृत समाजवादी ) को दमक नगर कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा गरिएको हो ।

नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । त्यस्तै सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको बताए । उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ-आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्न आग्रह गरे ।

उनले ओलीको गृहनगरबाटै पहिलो पटक झापामा नगर कमिटी गठन भएको बताए । दमकमा एकीकृत समाजवादी मात्रै होइन, बिद्यार्थी, किसान, महिला, मजदुर, पत्रकारलगायतको भातृ संगठन निर्माण तीब्र गतिमा बढाइने नेता बुढाथोकीले बताए ।
त्यस्तैं, कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नवगठित दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रेग्मीले पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन समेत दिए ।

दमकको देवकोटा चौकस्थित पुष्पलाल मित्रता केन्द्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्धु कन्दङ्बा, टीका प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैं, नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिवद्धता राखेका थिए । जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

जिल्ला कमिटी सदस्य तुलसी निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तैं, एकीकृत समाजवादीले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...