लिम्बुवान न्युज
                       

दमक, ९ असोज । नेकपा (एकीकृत समाजवादी ) को दमक नगर कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा गरिएको हो ।

नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । त्यस्तै सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको बताए । उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ-आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्न आग्रह गरे ।

उनले ओलीको गृहनगरबाटै पहिलो पटक झापामा नगर कमिटी गठन भएको बताए । दमकमा एकीकृत समाजवादी मात्रै होइन, बिद्यार्थी, किसान, महिला, मजदुर, पत्रकारलगायतको भातृ संगठन निर्माण तीब्र गतिमा बढाइने नेता बुढाथोकीले बताए ।
त्यस्तैं, कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नवगठित दमक नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रेग्मीले पार्टीको जिम्मेवारीमा लाग्न निर्देशन समेत दिए ।

दमकको देवकोटा चौकस्थित पुष्पलाल मित्रता केन्द्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्धु कन्दङ्बा, टीका प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैं, नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिवद्धता राखेका थिए । जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

जिल्ला कमिटी सदस्य तुलसी निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तैं, एकीकृत समाजवादीले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...