लिम्बुवान मञ्चद्वारा आजबाट धनकुटामा क्रियासिल कार्ड वितरण शुभारम्भ

 लिम्बुवान न्युज
                       

धनकुटा, १० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल धनकुटा जिल्लाले आजबाट क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिं नेम्बाङले प्रान्तीय सचिवालय सदस्य कमलसिंह तिगेलालाई कार्ड वितरण गर्दै जिल्लाले क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको हो ।

मञ्चको जिल्ला समिति कार्यालयमा भएको केन्द्र र जिल्लाका नेताहरुको भेलाले जिल्लाको सात वटै स्थानीय पालिकाहरुमा आगामी कार्तिक १५ गतेसम्ममा अधिवेशन सम्पन्न गर्दै क्रियासिल वितरण समेत गरिसक्ने जिल्लाका नेताहरुले प्रतिबद्धता जनाएका छन् । मञ्चको केन्द्रीय महाधिवेशन पूर्व नै कार्तिक मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने जिल्ला अध्यक्ष कविर लिम्बुले बताए ।

आजको भेलामा मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, उपमहासचिव तथा संचारविभाग प्रमुख दिल कुमार लावती, सचिवालय सदस्य सजन याक्खा, कमलसिं तिगेला, प्रान्तीय सदस्य गुरुप्रसाद लिम्बुको उपस्थिति रहेको थियो । आजको भेला जिल्ला अध्यक्ष कविर लिम्बुको सभाध्यक्षतामा भएको थियो ।

यसैगरी आजको उक्त भेलामा मञ्चको विधान, घोषणापत्र र दर्शनलाई आत्मासाथ गर्दै चौविसे गाउँपालिकाका सामाजिक व्यक्तित्व विनोद चेम्जोङ् लिम्बुवानमा प्रवेश गरेका छन् । नवप्रवेशी नेम्बाङलाइ प्रान्तीय उपमहासचिव लावतीले पार्टीको साधारण सदस्यता प्रदान गर्दै मञ्चमा स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;