लिम्बुवान सामाजिक मञ्च यूकेको थरक ग्रेज शाखा अध्यक्षमा हरिप्रथम फोम्बो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ११ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार यूके प्रवास अध्यक्ष टंक खापुङको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले हरिप्रथम कुरुम्बाङ्को अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षहरुमा पदमबहादुर यक्सो, निर्मला लावती अन्छङ्बो, सचिव श्रीमती दिलमाया आङबुहाङ खापुङ, सचिजमा युजेन लावती, अर्थसचिवमा सुर्यकुमारी यक्सो, सह–अर्थसचिवमा रेशम यक्सो चयन भएका छन् । यसैगरी सदस्यहरुमा तारा यङहाङ कुरुम्बाङ, पुष्पा फोम्बो लिम्बु, शुक्रराज खापुङ, नन्दकुमार खापुङ, गजेन्द्र फोम्बो र अर्जुन तुम्बाहाम्फे रहेका छन् । त्यसैगरी समितिमा थप सदस्यहरु थप्दै लाने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि यक्सोले नयाँ कार्य समितिलाई सफथग्रहण गराउँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यसैगरी कार्यक्रमका अर्का अतिथि यूके प्रवास उपाध्यक्ष शर्मिला यक्सो चोङबाङ्ले नवनिर्वाचित समितिलाई शुभकामना मन्तव्य राख्दै बधाई दिएका थिइन् ।

उक्त कार्यक्रम कृष्ण कुमार कुरुम्बाङ्को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...