दमककै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभाको प्रतिवेशन सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ११ असोज । दमक ८ स्थित यहाँकै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा आजबाट शुरु भएको छ । सहकारीले आज (आइतवार) बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो ।

सस्थाको सभाहलमा एक संक्षिप्त कार्यक्रम गरि साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष जीतमान राईले गरे । कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले स्वास्थ्य सावधानी अपनाएर प्रतिनिधिमूलक ढंगले साधारणसभा शुरु गरिएको व्यवस्थापक कृष्ण गोलेले बताए ।

साधारणसभाको कार्यक्रम अन्तर्गत असोज १० देखि १२ गतेसम्म सदस्यलाई प्रतिवेदन वितरण तथा सुझाव संकलन गरि असोज १४ गते समापन कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिने २२ औ बार्षिक साधारणसभा तयारी उपसमितिका संयोजक तथा संस्थाका सचिव लछुदास राईले बताए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष राई, उपाध्यक्ष धनराज राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बू, सदस्य दिपेनवाला राई, टंक प्रसाद दुलाल, राजेन्द्र लिम्बू, ऋण उपसमितिका संयोजक पारषमणी राई लगायतका सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । ९३७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी ४ करोड ८१ लाख ८० हजार ५ सय पुगेको छ । त्यस्तै, गत वर्ष सहकारीले २५ करोड ५३ लाख ५७ हजार १४ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...