पूर्व संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

,   लिम्बुवान न्युज
                       

झापा, ११ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजित भएपछि नेपाली कांग्रेस झापाका पुराना एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २–२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशी कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा टीका र खादा लगाएर पार्टी प्रवेश गराएका छन् । राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि राजवंशी बिर्तामोड नगरपालिका ४ मा क्षेत्रीय प्रतिनिधि पदमा वडाका राजु राजवंशी सन्तोषसंग पराजित भएका थिए । पराजित पछि गुमनाम भएका राजवंशी एकाएक काठमाडौ गएर अध्यक्ष ओलीको हातबाट टिका ग्रहण गरि एमाले प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;