सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

 लिम्बुवान न्युज
                       

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ ।

सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो । टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कन्काई नहरभित्र पसेको थियो ।

प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

माइधारस्थित ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्ने क्रममा पछाडिबाट तिब्र गतिमा आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । शव दमकस्थित दमक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको अस्पताल स्रोतले जनाएको छ । शव सोमबार पोष्टमार्टम गर्ने स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...