चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

 लिम्बुवान न्युज
                       

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ ।

गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको भएपनि औपचारिक रुपमा भनेसोमबारबाट घोषणसभागरि शरु गरेको हो । चुलाचुलीमा कामकाजी भाषाको रुपमा भने यो पहिलो भाषा हो ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, माङ्सेबुङ इलाम वडा ५ का अध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली गाउँपालिकाका शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, चुलाचुलीका बौद्धिक व्यक्तित्व साहित्यकार तथा कलाकार ज्ञानोदय लावती, समाजसेवी दलशमसेर लावती, उत्तम योङहाङ र सन्तोस तुम्बापो (बिष्णुराजत) लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा वडाकार्यालयका सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । साहित्यकार बिवस बलिभद्र कोईरालाले संचालन गरेको कार्यक्रम वडा नंं १ का वडाध्यक्ष पुर्ण लावतीको अध्यक्षतामा सम्पन्नभएको थियो ।

चुलाचुली १ नम्बर वडाका अध्यक्षद्वारा जारी घाेषणापत्रः

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;