लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको सभाहलमा सुजन खजुमको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो ।

मंगलबार आयोजित अधिवेशनले अध्यक्ष खजुमसँगै उपाध्यक्षमा लाल बहादुर लिम्बु र दुर्गामाया लावती, सचिवमा अशोक आचार्य, सह–सचिवमा हेमकुमार तुम्सा र अर्थसचिवमा सुस्मा राई लिम्बु निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा वीरु लिम्बु, किशान लिम्बु, सिर्जन लिम्बु, ख्याम लिम्बु चेम्जोङ, हरि तुम्सा, रुपमान लावती, सनम मुसाहाङ, दिपेश लिम्बु र अमिल लिम्बु रहेका छन् । थप सदस्यहरु पहिलो बैठकले थपेर समिति पूर्णता दिने बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङ्ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । लिम्बुवान आन्दोलन समग्र पहिचानवादीहरुको आन्दोलन भएको हुँदा जबसम्म लिम्बुवान प्रान्तको स्थापना हुन सक्दैन मूलकको संघीयता कार्यान्वयन शंकास्पद हुने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख साथै मोरङ जिल्ला इन्चार्ज दिलकुमार लावती, मोरङ् अध्यक्ष दिलु लिङ्देन लावती, बरिष्ठ उपाध्यक्ष जीवन खेवा, सचिव बरुण लाबुङ्, मोरङ सचिवालय सदस्य रामकुमारी लिम्बु, धनुकटा जिल्ला सदस्य आराम कुमार खजुम लगायत नेताहरुले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी उक्त कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डरहरु जीवन चेम्जोङ, पूर्ण खेवा, मञ्चका धनकुटा जिल्ला सदस्य श्रीमान् खजुम त्यसैगरी सामाजिक व्यक्तित्वहरु अग्नी प्रसाद लिम्बु, भिम बहादुर लिम्बु र चन्द्रकुमार लिम्बुको समेत उपस्थिति रहेको थियो ।

केराबारी २ नम्बर वडाअध्यक्ष गणेश लावतीको सभाध्यक्षतामा भएको कार्यक्रममा डिल्ली लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव विमल चेम्जोङ्ले गरेका थिए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;