प्रधानमन्त्री शेरबहादुर देउवाले बोलायो सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्बदलीय बैठक बोलाएको छ । उक्त बैठकको प्रमुख विपक्षी दल नेकपा(एमाले)ले बहिष्कार गर्ने जनाएको छ ।

संसदको गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज बिहीबार १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पश्चात अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा दैनिक कामकारवाही नै मुख्य एजेण्डा रहेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

प्रमुख प्रतिपक्षदल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईका अनुसार आफूहरु सर्वदलीय बैठकमा नजाने बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा आफ्नो असमति रहेकोले बैठकमा नजाने उनले बताए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;