सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को चर्चा

 लिम्बुवान न्युज
                       

फिदिम, १३ असोज । कवि एवं पत्रकार सन्देश सुब्बाको गजल सङ्ग्रह ‘सम्झनाको आँधी’को बुधवार फिदिममा चर्चा गरिएको छ ।

पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि लक्ष्मीप्रसाद ढुङ्गाना र मधुराज केरुङले टिप्पणी राख्नुभएको थियो । कृतिमाथि टिप्पणी राख्दै समीक्षक ढुङ्गानाले गजलकार सुब्बा काब्यिक चेतनाबाट गजल लेखनमा स्थापित भएकाले उहाँका गजलहरु अब्बल रहेको वताउनुभयो । उहाँले दर्शन बुझेर लेख्ने र भावाबेसभन्दा माथि उठेर जीवन भोगाइहरुलाई गजलका रुपमा कृतिमा समेट्न सुब्बा सक्षम रहेको टिप्पणी गर्नुभयो ।

कुशलतापूर्वक गजललाई संरचनागत रुपमा रुप र भाव पक्षलाई समेटेर गजलहरु समेटिएकाले यो कृतिले नेपाली गजल एवं साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास उहाँले ब्यक्त गर्नुभयो । आवाजविहीनहरुका आवाजलाई गजल सङ्ग्रहले समेटेको र समग्रमा मानव जीवन देखिने सबै प्रकारका विविधता वा स्वादहरुको प्रतिबिम्ब उक्त कृति रहेको ढुङ्गानाको टिप्पणी थियो ।

अर्का टिप्पणीकार केरुङले उक्त सङ्ग्रहले मुन्धुमी मिथकहरुदेखि क्रान्ति र आन्दोलनमा भावहरु, जीवन भोगाई, प्रेम र वियोगका अनुभूतिहरु, समाजका निमुखाहरुका पीडा र आवाजहरु उक्त गजल सङ्ग्रहले समेटेको वताउनुभयो । जीवन भोगाइका आशा र निराशाका पक्षहरुको प्रस्तुति, प्रेम र वियोग दुवैका अनुभूति, समाजका विभिन्न पक्षहरुलाई गजलहरुले समेटेकाले उक्त सङ्ग्रह निकै उत्कृष्ट रचना रहेको केरुङले टिप्पणी गर्नुभयो ।

यसअघि ‘आगोको सौन्दर्य’ नामक कविता सङ्ग्रह प्रकाशन गरिसक्नुभएका सुब्बा विशेषतः कविता लेखनमा राष्ट्रिय स्तरमा स्थापित र पुरस्कृत नाम हो । उहाँले केही समयअघि प्रकाशनमा ल्याउनुभएको उक्त गजल सङ्ग्रहमा स्थानीय परिवेशदेखि अन्तर्राष्ट्रिय सन्दर्भसमेत प्रष्फुटित छन् ।

उक्त पुस्तक चर्चा कार्यक्रममा सर्जक सुब्बाले आफ्ना कृतिहरुबाट सङ्कलन हुने रकमको केही भाग जम्मा गरेर आफ्ना बुवाआमा मनबहादुर–पृथमाया लिम्बुको नाममा अक्षयकोष स्थापना गर्ने तयारी गरेको वताउनुभयो । याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नारी श्रष्टा मीना राईले समेत आफ्ना भनाई राख्नुभएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...