शिवसताक्षी ३ को लिम्बुवान मञ्च अध्यक्षमा भिमबहादुर निङ्लेखु

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १४ असोज । संघीय लिम्बूवान मञ्च नेपाल झापाको शिबसताक्षी ३ ले दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ ।

धरमपुरको भर्लिचनस्थित प्रताप निङ्लेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि भीम बहादुर निङ्लेखुको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा पबिमाया भुजेल (इगनाम), सचिवमा रुपैश इगनाम र अर्थ सचिवमा सन्तोष मेन्याङबो चुनिएका छन् । त्यस्तैं, सदस्यहरुमा उदय देवान, धिरज निङलेकु, प्रेम सम्बाहम्फे, रोहित सिङ्गोक र दलबहादुर योङहाङ चुनिएका छन् ।

मञ्चकी प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई सफलग्रहण गराउँदै योङहाङले भनिन् राजनीतिक हिसावले संघीय लिम्बूवान मञ्च नेपालले प्रदेश १ का जिल्लामा संगठन सुढृढिकरण अभियानमा लाग्नुपर्नेमा जोड दिइन् । उनले आगामी नर्वाचनलाई लक्षित गरेर स्थानीय तहको पालिका र वडाहरुमा पार्टीको गतिविधिलाई तिब्र बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य जसबहादुर तामाङ र पहिचान सदस्य हर्क प्रसाद निङलेकुले पनि निर्वाचन केन्द्रीत कार्यक्रमहरु ल्याएर गाउँ–गाउँ र नगर–नगरमा पार्टीको कार्यक्षेत्रमा जुट्न आग्रह गरेका थिए ।

भीम निङलेकुको अध्यक्षतामा भएको वडा सेम्मेलनमा उदय देवानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चको शिबसताक्षी नगर उपाध्यक्ष प्रताप निङलेकुले गरेका थिए ।

त्यस्तैं, वडा अधिवेशन सम्पन्न भएपछि नगर कार्य समितिको यहि असोज २३ गते सम्मेलन गर्ने कार्यक्रम रहेको नगर उपाध्यक्ष निङलेकुले जानकारी दिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...