लाहानसिं तुम्बापो पुनः मञ्च फर्किए

 लिम्बुवान न्युज
                       

दमक, १६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संस्थापक केन्द्रीय सदस्या जनता समाजवादी पार्टी परित्याग गरी पुनः मञ्च मै फर्किएका छन् । बुधबार शिवसताक्षी स्थित दुधे सैनिक भवनमा आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले खादा ओडाएर मञ्चमा स्वागत गरेका हुन् ।

मञ्चमा प्रवेश गर्दै तुम्बापोले –‘जसपामा टुटफूट हुँदै आ–आफ्नो गुटउपगुट बनाउँदै तित्तरवित्तर भएपछि आफू पुनः मञ्च मै फर्किएको स्पष्ट पारे । उनले थप भने लिम्बुवान धेरैपटक टुटफूट भएपनि अध्यक्ष लिङदेनले पार्टीलाई निरन्तर हाकेर लगेको प्रति आफू विस्वस्त बन्दै पुनः मञ्चमा आएको बताए ।

लामो समय मञ्च बाहिर रहेर मञ्चको गतिविधि नियाली रहँदा अन्ततः मञ्च मै आउने निर्णय गरेको बताउँदै तुम्बापोले भने उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को आग्रहलाई स्वीकार गर्दै आज मञ्चमा फर्किएको बताए । मञ्चको संस्थापककालिन नेता तुम्बापोले एकात्मकवादीहरुलाई परास्त गर्न अब मञ्चले थप कार्यक्रमहरु शसक्त बनाएर लानु पर्नेमा जोड दिएका छन् ।

तुम्बापो सँगै मञ्चमा चन्द्र सिं नेम्बाङ, टिका थेवे, हृदय चौधरी, शेर बहादुर नाल्बो, सरमान बिक, गणेश बहादुर श्रेष्ठ, किरात ताम्लिङ लगायत १७ जना विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्य समिति झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्बन्धी संयुक्त छलफल तथा विभिन्न समिति गठन कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लिङदेनले पुनः पार्टीमा आउने भएका तुम्बापोलाई स्वागत गर्दै नवप्रवेशी सबैलाई पार्टीले जिम्मेवारी दिने प्रतिबद्धता गर्दै आगामी मंसिर ४ को निर्वाचनमा जुट्न सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

यसैगरी कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, संघीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्षहरु यलम्बर खम्बू, थाङहाङ लावती, विष्णुमाया थापा भट्टराई, प्रान्तीय महासचिव दिलकुमार लावती, लक्ष्मी मावो, प्रान्तीय सचिव भक्त मेन्याङबो, राजु राई, धनबहादुर पन्धाक, मोहन मावो लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...