झापा कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन

 लिम्बुवान न्युज
                       

कमल / झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव र कृषि मन्त्री झलकबहादुर दर्लामीले अस्पतालको उद्घाटन गरेका छन् ।

अस्पतालको उद्घाटन गर्दै मन्त्री यादवले यस अस्पताललाई पूर्ण रूपमा सञ्चालन र व्यवस्थापनका लागि कुनै कमी हुन नदिने बताएका छन् । उनले पुरानो एवं वैदिक उपचार पद्धतिको अनुसरण गर्दै हरेक प्रकारका बिरामीहरूको उपचार गर्ने किसिमको अस्पतालको रूपमा यस अस्पताललाई विकास गरिँदै लैजाने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश १ का कृषि मन्त्री झलकबहादुर दर्लामीले स्वास्थ्यको क्षेत्रमा यो एउटा राम्रो काम भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य क्षेत्रमा यसले नयाँ आयाम ल्याउने छ भन्ने हामी सबैको अपेक्षा छ, उनले भने ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि २ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो । आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवं अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वारा प्रणालीबाट उपलब्ध गराउन यो बजेट विनियोजन भएको थियो ।

अस्पतालले बिहीबार देखि ओपडि सहितका सेवाहरू सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । आयुर्वेदिक चिकित्सासम्बन्धी स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रादेशिक अस्पतालको २० करोड ६३ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको थियो ।
२०७५ असार ३१ गते भवन निर्माणका लागि सम्झौता भएकोमा २०७८ असार २५ गते भवनको निर्माण सम्पन्न भएको थियो । अस्पताल करिब स्थानीय जग्गा दाताहरूले दिएको २ बिगाहा १ धुर क्षेत्रफलमा फैलिएको छ ।

तीन तले सुविधा सम्पन्न भवनमा अस्पतालका लागि आवश्यक सम्पूर्ण पुर्वधारहरु निर्माण भएका छन् । छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियु जस्ता आवश्यक कक्षहरू समेत बनाइएको छ । प्रसूति सेवा कक्ष पनि निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;