कक्षा १२ को नजिता सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले आज शुक्रबार गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशित गरेको जनाएका छन् ।
अध्यक्ष शर्माका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको हो । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।
त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना छन् ।
यस्तै १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
गत बर्ष परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

सम्बन्धित समाचार

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...