रत्नशोभा–शुभलक्ष्मी पुरस्कार “याक्थुङ साम्जिक मुन्धुम” नामक कृतिलाई प्रदान

,   लिम्बुवान न्युज
                       

ललितपुर/ किरात याक्थुङ चुम्लुङको ३४ औ स्थापना दिवसको अवसरमा “रत्नशोभा शुभलक्ष्मी पुरस्कार” सोधुङ्गे लेप्मुहाङ् फेदाङमा (जानापा) संघद्वारा प्रकाशित, संकलकहरु येबा पूर्ण प्रसाद तबेबुङ (येभुक्को येभुन्याङ् या), येबा खड्क बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ् या), साम्बा बुद्धिमान मादेन् (साम्जिरी साम्खेम्याङ साम्बा), फेदाङ्मा मेघराज इधिङ्गो (फेजिक्कुम् फेदाङ्मा) र सम्पादक तथा अनुवादक डी.बी.आङ्बुङ (मेन्निसाम् याप्मी) रहेको “याक्थुङ साम्जिक मुन्धुम” नामक कृतिलाई प्रदान गरिएको छ । यो पुरस्कार प्रारम्भमा “साम्जिक मुन्धुम” कृतिको नाममा पेस गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार सञ्चालक समितिले ३५ दिने दावी, विरोध, निवेदनको सूचना जारी गरेपछि पुनश्चः याक्थुङ साम्जिक मुन्धुम नामको कृतिको रुपमा पुरस्कार प्रदान गर्न सोधुङ्गे लेप्मुहाङ फेदाङमा (जानपा) संघका अध्यक्ष तथा प्रमुख सङ्कलक येवा पुर्ण प्रसाद तवेबुङले निवेदन दिएका थिए । उनको निवेदन माथि सङ्ंचालक समिति र पुरस्कार छनौट समितिले व्यापक छलफल गरी कृतिको नाम साम्जिक मुन्धुममा ‘याक्थुृङ’ थपिएको “याक्थुङ साम्जिक मुन्धुम” लाई पुरस्कृत गर्ने निर्णय लिएको थियो ।

किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान संघीय कार्य समितिका सल्लाहकार मञ्जुल कुमार सिंह याक्थुम्बाले आफ्ना दिवङ्गत परिवारको नामा स्थापना गरेको “रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार” को राशि रु १,००,००० (एक लाख रुपैया) र सम्मानार्थ एक प्रमाण पत्र प्रदान गरिन्छ । उक्त पुरस्कार संस्थापक दाता किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मञ्जुल कुमार सिंह याक्थुङबाले किरात याक्थुङ (लिम्बू) परम्परा अनुसार पागा (पगरी) लगाई दिएर एक लाखको चेक हस्तान्तरण गर्नु भयो भने प्रमुख अतिथि स्वस्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले प्रमाण पत्र पदान गर्नु भएको थियो ।

फेदाङमा , साम्बा, येवा, युमासामहरुले आफ्नो संकलन र पहलमा एक दशक समय लगाएर प्रकाशन गरेको मुन्धुम एक ऐतिहासिक कोषेढुंगा भएको मन्त्री खापुङले बताउनु भयो भने दाता मन्जुल कुमार याक्थुङबाले “विषयवस्तुको उ्रत्पतिबारे ज्ञानै नभई पातपात र हाँगाहाँगामा मात्र टेकेर लेखेर मौलिक याक्थुङ मुन्धुमको जरो भेटिदैन । वैदिककाल भन्दा पनि जेठो पूर्ववैदिककालीन हाम्रो मौलिक याक्थुङ मुन्धुमको धार्मिक, पौराणिक, ऐतिहासिक मिथकीय, आख्यायिक बैज्ञानिक महत्वहरुलाई बुझेर नै यसको संरक्षण र सम्वर्धन गर्न सके मात्र हाम्रो अस्तित्व र पहिचानलाई अक्षुण्ण राख्न सकिने रहेछ भन्ने अभिप्रायले मेरो श्रद्धेय दिवंगत बजू रत्नशोभा फागो चोङबाङ तथा श्रद्धेया दिवङ्गत आमा शुभलक्ष्मी कुरुम्बाङ समेतको पुण्यस्मृतिमा लोपोन्मुख अवस्थातिर गुज्रिरहेको हाम्रो मौलिक याक्थुङ मुन्धुम, याक्थुङ भाषा र किरात सिरिजङगा लिपिको समेत संरक्षण गर्ने त्रिपक्षीय उद्देश्यले यो रत्नशोभा—शुभलक्ष्मी मुन्धुम पुरस्कार २०६७ स्थापना गरिएको हो” भन्नु भयो ।

किरात याक्थुङ चुम्लुङ रत्नशोभा मुन्धुम पुरस्कार संचालक समितिका सदस्य सचिव तथा कियाचु संघीय कार्य समितिका उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङले यो पुरस्कार पहिलो पल्ट २०६९ सालमा आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति, कियाचु संघीय सल्लाहकार वैरागी काइलालाई उनको तङ्सिङ् तक्मा मुन्धुममा प्रदान गरिएको, दोस्र्रो पटक २०७१ सालमा आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, कियाचु संघीय सल्लाहकार वैरागी काइलालाई उहाँका पाँचवटा कृतिहरु क्रमस ः मुजिना खेयोङना मुन्धुम, लाहादोङना सुहाम्फेबा मुन्धुम, पाजाइवा मुन्धुम, नाम्सामि केसामी मुन्धुम, खाप्पुना मेल्ल?हाङ्मा र लुप्निा अदङनामा मुन्धुमलाई यस अघि प्रदान गरिएको, तेस्रो पटक २०७३ सालमा मरणोप्रान्त स्व. इमानसिं चेम्जोङकोे “किरात मुन्धुम (किरात वेद् ) लाई २०७३ सालमा प्रदान गरिएको थियो । यसपश्चात २०७५ सालमा उत्कृष्ठ कृति प्राप्त नभएको, २०७७ सालमा कोभिडका कारण पुरस्कार वितरण गर्न नसकिएको, २०७९ सालमा यो पुरस्कार पाउने शौभाग्यशाली सोधुङगे लेप्मुहाङ फेदाङमा (जानपा) संघ प्रकाशक रहेको संकलकहरु येबा पूर्ण प्रसाद तबेबुङ (येभुक्को येभुन्याङ् या), येबा खड्क बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ् या), साम्बा बुद्धिमान मादेन् (साम्जिरी साम्खेम्याङ साम्बा), फेदाङ्मा मेघराज इधिङ्गो (फेजिक्कुम् फेदाङ्मा) र सम्पादक तथा अनुवादक डी.बी.आङ्बुङ (मेन्निसाम् याप्मी) रहेको “याक्थुङ साम्जिक मुन्धुम” रहेको जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;