प्रकाशकाे ‘लेप्मुहाङ’ र तुम्पेनकाे ‘फर्केर पूर्व’ विमोचन

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १९ भदौ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा भएको एक भव्य कार्यक्रममा साहित्यकार, नाट्य/चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंगे्रजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ हिजो सेप्टेम्बर ३ तारेखका दिन मिडलफर्ट, डेनमार्कमा विमोचन भएको छ ।

‘लेप्मुहाङ’ लिम्बू जातिको मिथकीय पात्र हुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ । तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेटन सक्छन् भन्ने व्यङ्य छ । त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्था भोगेका कथा, व्यथा, भूटानी निरङकुस शासन प्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङगका गजलहरू समावेस गरेका छन् ।
लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजल मञ्च भूटानले प्रकाश गरेको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने “हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलवाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड / इतिहास राखिन्छ । त्यस्तो देशमा उभिइरहदाँ हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्ती पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?” अर्को स्रष्टा ड्रुक्पाले भने “नेपालीभाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ । यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें । पढेर सुझाव दिनु होला ।” यसैगरी कार्यक्रमका प्रमुख अथिति एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनि “आफु नेपाली एनआरएन भनेर गर्व गरिरहदाँ भूटानवाट आउनु भएका नेपाली दाजुभाइहरूले यत्ति सुन्दर माहोल, भेला र नेपालीपन झल्किने कार्यक्रम गर्नु भएकोमा म हृदयवाट नै धन्यवाद भन्न चाहान्छु । विदेशमा यत्तिको नेपाली पारिवारिक कार्यक्रम मैले थाहा पाएको थिइन । उनले दुवै कृतिकारलाई धन्यवाद दिए” भने ।

अनेसास डेनमार्क च्याप्टरका सचिब रमेश घिमिरे र डा. खेमराज गौतमले संयुक्त रुपमा संचाल गरेको कार्यक्रमा सुदर्शन पोखरेल, भक्तराज राई, माइत लिम्बू ‘सानो मान्छे’, रमेश घिमिरे, चम्पा राई, भोलानाथ अधिकारी आदिले आफ्ना सृजनाहरू बाचन गरेका थिए भने एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्कका महिला कलाकारहरूले संगीनि नाच समते प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्षता पुर्ण दाहालले गरेका थिए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;