प्रकाशकाे ‘लेप्मुहाङ’ र तुम्पेनकाे ‘फर्केर पूर्व’ विमोचन

 लिम्बुवान न्युज
                       

काठमाडौं, १९ भदौ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा भएको एक भव्य कार्यक्रममा साहित्यकार, नाट्य/चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंगे्रजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ हिजो सेप्टेम्बर ३ तारेखका दिन मिडलफर्ट, डेनमार्कमा विमोचन भएको छ ।

‘लेप्मुहाङ’ लिम्बू जातिको मिथकीय पात्र हुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ । तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेटन सक्छन् भन्ने व्यङ्य छ । त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्था भोगेका कथा, व्यथा, भूटानी निरङकुस शासन प्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङगका गजलहरू समावेस गरेका छन् ।
लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजल मञ्च भूटानले प्रकाश गरेको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने “हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलवाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड / इतिहास राखिन्छ । त्यस्तो देशमा उभिइरहदाँ हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्ती पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?” अर्को स्रष्टा ड्रुक्पाले भने “नेपालीभाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ । यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें । पढेर सुझाव दिनु होला ।” यसैगरी कार्यक्रमका प्रमुख अथिति एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनि “आफु नेपाली एनआरएन भनेर गर्व गरिरहदाँ भूटानवाट आउनु भएका नेपाली दाजुभाइहरूले यत्ति सुन्दर माहोल, भेला र नेपालीपन झल्किने कार्यक्रम गर्नु भएकोमा म हृदयवाट नै धन्यवाद भन्न चाहान्छु । विदेशमा यत्तिको नेपाली पारिवारिक कार्यक्रम मैले थाहा पाएको थिइन । उनले दुवै कृतिकारलाई धन्यवाद दिए” भने ।

अनेसास डेनमार्क च्याप्टरका सचिब रमेश घिमिरे र डा. खेमराज गौतमले संयुक्त रुपमा संचाल गरेको कार्यक्रमा सुदर्शन पोखरेल, भक्तराज राई, माइत लिम्बू ‘सानो मान्छे’, रमेश घिमिरे, चम्पा राई, भोलानाथ अधिकारी आदिले आफ्ना सृजनाहरू बाचन गरेका थिए भने एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्कका महिला कलाकारहरूले संगीनि नाच समते प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्षता पुर्ण दाहालले गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...