लिम्बु भाषा अध्ययन गर्ने छात्र, छात्राहरुलाई शैक्षिक सामग्री वितरण

,   लिम्बुवान न्युज
                       


दमक, भदौ २० । दमक नगरपालिका वडा न.ं ७ मा रहेको श्री पृथ्वी मा. वि.मा ऐच्छिक लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएकोछ ।
सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुको मनोवल उच्च बनाउन प्रोत्साहन गर्नको निमित्त किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री लिम्बु भाषा अध्ययन गरिरहेका ९० जना विद्यार्थी छात्र, छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङका पुर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार समाजसेवी धिरेन लावती, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, दमक नगरपालिका वडा न.ं ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, पृथ्वी मा. वि. का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले शैक्षिक सामग्री र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी से–नाल्वोद्वारा लिखित लिम्बु भाषा वर्णमाला संयुक्त रुपमा वितरण गरिएको थियो ।

किरात याक्थुङ् चुम्लुङ झापा शाखा, कियाचु दमक नगर शाखा र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ झापाद्वारा संयोजन र आयोजना गरिएको सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि धिरेन लावती, विशिष्ठ अतिथि वडा अध्यक्ष भिमप्रसाद पौडेल, अतिथि इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, याक्थुङ् लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङ्सेन पन्धाक, पृथ्वी मा.वि.का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले लिम्बु भाषाको अध्ययनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्राप्तीमा बल पुग्ने कुरामा जोड दिनुहुँदै स्थानीय सरकार, विद्यालय र अभिभावक मिलेर विद्यालयमा लिम्बु भाषा लगायत अन्य भाषालाई समेत यसरी अध्ययन गराउँदै जाने वातावरण निर्माण गर्न सके जातिय सद्भाव, भाषिक सद्भाव र मेलमिलाव बढ्दै जानेछ भन्ने कुरामा जोड दिनुभयो । भाषा कसैको पेवा नुहने कुरा प्रष्ट पार्नुहुँदै वहाँहरुले विभिन्न अवसर पारेर संघ–संस्थाले शैक्षिक लगायत अन्य विविध कुरामा विद्यालयलाई र पढ्ने विद्यार्थीहरुलाई यसरी प्रोत्साहन गर्दै लैजान सके निश्चय पनि भाषाको विकास हुँदै जाने कुरामा जोड दिनुभयो ।

पृथ्वी मा.वि. मा कार्यरत लिम्बु भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले पृथ्वी मा.वि. मा लिम्बु भाषा अध्ययन र विद्यार्थीहरुको चासोका विषयहरुको सन्दर्भमा प्रष्ट्याउनुभएको थियो भने कवि साङ्सेन पन्धाकले विद्यार्थीहरुलाई प्रोत्साहित गराउने ज्ञानगुण र सन्देशमुलक गजल र रुवाई पस्कनुभएको थियो ।

कार्यक्रमको आयोजक तथा संयोजन संस्था किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाक लिम्बु, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी सेनाल्वो, सचिव रचना लावतीको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष होमकुमार थापाले गरेका थिए ।
पृथ्वी मा.वि.को सभाहलमा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रमलाई पत्रकार डिल्लीश्वर मुसाहाङ् लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;