लिम्बु भाषा अध्ययन गर्ने छात्र, छात्राहरुलाई शैक्षिक सामग्री वितरण

 लिम्बुवान न्युज
                       


दमक, भदौ २० । दमक नगरपालिका वडा न.ं ७ मा रहेको श्री पृथ्वी मा. वि.मा ऐच्छिक लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएकोछ ।
सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुको मनोवल उच्च बनाउन प्रोत्साहन गर्नको निमित्त किरात याक्थुङ् चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री लिम्बु भाषा अध्ययन गरिरहेका ९० जना विद्यार्थी छात्र, छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङका पुर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार समाजसेवी धिरेन लावती, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, दमक नगरपालिका वडा न.ं ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, पृथ्वी मा. वि. का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले शैक्षिक सामग्री र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी से–नाल्वोद्वारा लिखित लिम्बु भाषा वर्णमाला संयुक्त रुपमा वितरण गरिएको थियो ।

किरात याक्थुङ् चुम्लुङ झापा शाखा, कियाचु दमक नगर शाखा र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ झापाद्वारा संयोजन र आयोजना गरिएको सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि धिरेन लावती, विशिष्ठ अतिथि वडा अध्यक्ष भिमप्रसाद पौडेल, अतिथि इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाङ्फे, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, याक्थुङ् लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङ्सेन पन्धाक, पृथ्वी मा.वि.का प्रधानाध्यापक विष्णुकुमार राई लगायतले लिम्बु भाषाको अध्ययनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्राप्तीमा बल पुग्ने कुरामा जोड दिनुहुँदै स्थानीय सरकार, विद्यालय र अभिभावक मिलेर विद्यालयमा लिम्बु भाषा लगायत अन्य भाषालाई समेत यसरी अध्ययन गराउँदै जाने वातावरण निर्माण गर्न सके जातिय सद्भाव, भाषिक सद्भाव र मेलमिलाव बढ्दै जानेछ भन्ने कुरामा जोड दिनुभयो । भाषा कसैको पेवा नुहने कुरा प्रष्ट पार्नुहुँदै वहाँहरुले विभिन्न अवसर पारेर संघ–संस्थाले शैक्षिक लगायत अन्य विविध कुरामा विद्यालयलाई र पढ्ने विद्यार्थीहरुलाई यसरी प्रोत्साहन गर्दै लैजान सके निश्चय पनि भाषाको विकास हुँदै जाने कुरामा जोड दिनुभयो ।

पृथ्वी मा.वि. मा कार्यरत लिम्बु भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले पृथ्वी मा.वि. मा लिम्बु भाषा अध्ययन र विद्यार्थीहरुको चासोका विषयहरुको सन्दर्भमा प्रष्ट्याउनुभएको थियो भने कवि साङ्सेन पन्धाकले विद्यार्थीहरुलाई प्रोत्साहित गराउने ज्ञानगुण र सन्देशमुलक गजल र रुवाई पस्कनुभएको थियो ।

कार्यक्रमको आयोजक तथा संयोजन संस्था किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा अध्यक्ष सेसेहाङ् फियाक लिम्बु, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी सेनाल्वो, सचिव रचना लावतीको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता पृथ्वी मा.वि. व्यवस्थापन समिति अध्यक्ष होमकुमार थापाले गरेका थिए ।
पृथ्वी मा.वि.को सभाहलमा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रमलाई पत्रकार डिल्लीश्वर मुसाहाङ् लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...