झापामा संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनद्वारा एकदिने चुनावी प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दुधे, २० भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा चुनावी प्रशिक्षण सोमबारबाट शुभारम्भ गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित संक्षिप्त घोषणापत्र पढेर सुनाउँदै लिम्बुवानमा चुनावी कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दै चुनावी प्रशिक्षण शुरु गरेका छन् ।

अध्यक्ष लिङदेनले झापाका संघ, प्रदेश, जिल्ला, क्षेत्र, नगर र पालिका प्रमुखहरुलाई चुनावी प्रशिक्षण दिनु हुँदै गाउँगाउँसम्म प्रशिक्षण लान सबै नेताहरुले पार्टीको विचार, नीति, सिद्धान्त र विभिन्न ज्ञानकलाहरु बारे नेताहरुलाई प्रशिक्षण दिएका छन् । गाउँ गाउँमा मञ्चको एजेण्डाहरु कसरी लान सकिन्छ यि बारेमा समेत नेताहरुलाई विभिन्न कोणबाट प्रशिक्षण दिनुहुँदै अध्यक्ष लिङदेनले ४ पृष्ठको संक्षिप्त घोषणापत्रलाई दोहो¥याई तेहराई पढेर पार्टीको बारेमा जनताहरुलाई प्रष्ट पार्न सक्ने विचारहरु दिन सक्ने चेतना निर्माण गर्न सबै नेताहरुलाई निर्देशन गरेका छन् ।

यतिबेला पहिचानको आन्दोलनलाई निस्तेज पार्न सबै ठूला राजनैतिक दलहरु लागेका हुँदा पहिचानको आधारमा १०+१ प्रान्त हाम्रो मुख्य एजेण्डा भनी रहँदा प्रदेश नं. १ को नामाङ्कन मञ्च लगायत लिम्बुवान, किरात संघर्ष समितिको जोडबलमा रोकिएको जिकीर गर्दै अब भने हामीले बृहत आन्दोलनको तयारी समेत गर्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी कार्यक्रममा मञ्चका बरिष्ठ सल्लाहकार इतिहास तथा भाषा मुन्धुम विद हरि हुक्पा चोङबाङले मञ्चको राजनैतिक सैद्धान्तिक विचार अत्यन्तै राम्रो भएको हुँदा यो मञ्चलाई फलाउन फुलाउन सबै नेताहरु एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।

मञ्चका जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतमा भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपमहासचिव तथा प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बु, संघीय सचिव तथा प्रान्तीय महासचिव दिलकुमार लावती, प्रान्तीय उपाध्यक्ष विष्णुमाया थापा लगायत झापाका नेताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव विकास मगरले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;