असोज २३ गते प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्नेः निर्वाचन आयोग

 लिम्बुवान न्युज
                       

काठमाडौं, २३ भदौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार २३ असोजमा प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नु पर्ने छ ।
यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको चौथो दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुने भएको छ । दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्ने आयोगले जनाएको छ ।
आयोगको तालिका अनुसार २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।
२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुने र चुनाव चिन्ह पनि पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम समय २ असोजलाई तोकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।
निर्वाचन आयोगमा दर्ता भएका ७८ वटा दलका प्रतिनिधिहरुलाई बुधबार काठमाडौंमा समानुपातिक प्रणालीमा बन्दसुची कसरी बनाउने भन्ने अभिमुखिकरण तालिम समेत दिएको थियो ।

 

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...