कियाचु लिम्बु साँस्कृतिक परिषद पान्थरको अध्यक्षमा ‘नुनाम’

,   लिम्बुवान न्युज
                       


फेदेन, २३ भदौं । किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद जिल्ला सञ्चालक समिति पान्थरको चौथो अधिबेशन सम्पन्न भएको छ ।

बिहिवार फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले सुबास केरुङ ‘नुनाम’ लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उपाध्यक्षमा लिलाप्रकाश जबेगु, सचिव इक्सा लोवा, सहसचिव दिनेश केरुङ र कोषाध्यक्षमा बिन्दु आङ्बोलाइ निर्वाचित गरेको छ ।
यसैगरि सदस्यहरुमा निसाम तुम्बापो, राहुल जबेगु, अजित योङ्या, शंकर आत्मा, अमृता जबेगु, सुरेन्द्र केरुङ, रश्मि माबो आङ्देम्बे, सम्झना योङ्हाङ, तारा लिङ्देन, बिबेक हाङ्सरुम्बा, सौगात आङ्देम्बे, भुपेन योङ्हाङ् रहेका छन ।

किरात याक्थुङ चुम्लुङकाे राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप केन्द्रीय सचिव बुद्धराज इङ्वा, लिम्बुवान प्रदेश समिती सदस्य इन्दिरा मेयोङ्बा, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सचिव सुबास तुम्बापो, सचिव द्वय सन्देश सुब्ब, गणेश तुम्रोक, सदस्य सम्झना योङ्हाङ, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ, नौलो साहित्य विहान प्रतिष्ठानका महासचिव प्रेम ओझा, याक्थुङ लेखक संघ काठमाडौ उपत्यकाका वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बो, इगल एफ एमका स्टेसन म्यानेजर उपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनले निवर्तमान अध्यक्ष डिआर हाङ्सरुम्बालाई केन्द्रीय समितिमा सिफारिस गरिएको सचिव इक्सा लोवाले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;