कियाचु लिम्बु साँस्कृतिक परिषद पान्थरको अध्यक्षमा ‘नुनाम’

 लिम्बुवान न्युज
                       


फेदेन, २३ भदौं । किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद जिल्ला सञ्चालक समिति पान्थरको चौथो अधिबेशन सम्पन्न भएको छ ।

बिहिवार फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले सुबास केरुङ ‘नुनाम’ लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उपाध्यक्षमा लिलाप्रकाश जबेगु, सचिव इक्सा लोवा, सहसचिव दिनेश केरुङ र कोषाध्यक्षमा बिन्दु आङ्बोलाइ निर्वाचित गरेको छ ।
यसैगरि सदस्यहरुमा निसाम तुम्बापो, राहुल जबेगु, अजित योङ्या, शंकर आत्मा, अमृता जबेगु, सुरेन्द्र केरुङ, रश्मि माबो आङ्देम्बे, सम्झना योङ्हाङ, तारा लिङ्देन, बिबेक हाङ्सरुम्बा, सौगात आङ्देम्बे, भुपेन योङ्हाङ् रहेका छन ।

किरात याक्थुङ चुम्लुङकाे राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप केन्द्रीय सचिव बुद्धराज इङ्वा, लिम्बुवान प्रदेश समिती सदस्य इन्दिरा मेयोङ्बा, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सचिव सुबास तुम्बापो, सचिव द्वय सन्देश सुब्ब, गणेश तुम्रोक, सदस्य सम्झना योङ्हाङ, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ, नौलो साहित्य विहान प्रतिष्ठानका महासचिव प्रेम ओझा, याक्थुङ लेखक संघ काठमाडौ उपत्यकाका वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बो, इगल एफ एमका स्टेसन म्यानेजर उपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनले निवर्तमान अध्यक्ष डिआर हाङ्सरुम्बालाई केन्द्रीय समितिमा सिफारिस गरिएको सचिव इक्सा लोवाले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...