प्रदेश १ साक्षर प्रदेश घोषणा

,   लिम्बुवान न्युज
                       


२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो ।
प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले बताए । आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना रहेको उनले बताए ।
पूर्ण साक्षर घोषणाका लागि अनौपचारिक र वैकल्पिक शिक्षा, विद्यालय केन्द्रित साक्षरता कार्यक्रम र स्थानीय तहसँगको सहकार्यमा उच्च शिक्षामा इन्र्टनसिपलगायतका योजना तयार गरेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।


मन्त्रालयका अनुसार ओखलढुङ्गामा ९९.०५, उदयपुरमा ९५.३२,पाँचथरमा ९७, झापामा ९८.३३, धनकुटामा ९७.२५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुुममा ९५.९८, भोजपुरमा ९६.४, मोरङमा ९६.५, संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७३ प्रतिशत नागरिक साक्षर रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रभाषा र मातृभाषा, मूल्यसुची र बिल तथा परिवारका सदस्यहरुको नाम र उमेर पढ्न लेख्नसक्ने, मोबाइल र क्याल्कुलेटरको प्रयोग गर्न जान्ने, ० देखि ९ सम्मका अङ्क र अक्षर लेख्नसक्ने, १ देखि १०० सम्म गणना गर्नसक्ने, साइनबोर्ड र ट्राफिक सङ्केतहरु सहजै पहिचान गर्नसक्ने क्षमतालाई साक्षरताको आधार बनाइएको छ ।
कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले पनि शुभकामना मन्तव्य राखेकी थिइन् । ¥याली सहित विभिन्न जातीय सांस्कृतिक कार्यक्रमको सामेत आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;