कियाचु ललितपुरको अध्यक्षमा टंक लिम्बू निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, भदौ २५ । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ ।

शनिबार किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा ललितपुरमा अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर लिम्बूको अध्यक्षतामा नव कार्य समिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा शुभराज थाम्शुहाङ र आशा नेम्बाङ, सचिवमा मनु कला थक्लुङ,सह–सचिबमा रुपा राई लिम्बु र कोषाध्यक्षमा गंगा कुमारी लिम्बु निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा देउमान लुम्फुङवा, चन्द्र कुमार योङ्या, भुवनशिं यक्सो, उदय बेघा, इन्दिरा चेम्जोङ्, राम शिला बखिम, डम्बर तुम्रोक, दिपा लोक्ताम, जुनिता नेम्बाङ्, धनसिं लिङदेन, आइन्द्र कुमारी आङ्देम्बे, लाल बहादुर हुक्पा चोङ्बाङ्, बिष्णु माया सिंगक, कुमारी यक्सो, हरि प्रसाद लावती, टेक लावती, कृष्ण राज नेम्बाङ्, डम्बर बहादुर यक्शो, खड्क बहादुर नुगो, दिलेन्द्र नेम्बाङ्, निर्मला लिम्बु आङ्बुङ चयन भएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;