कियाचु ललितपुरको अध्यक्षमा टंक लिम्बू निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, भदौ २५ । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ ।

शनिबार किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा ललितपुरमा अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर लिम्बूको अध्यक्षतामा नव कार्य समिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा शुभराज थाम्शुहाङ र आशा नेम्बाङ, सचिवमा मनु कला थक्लुङ,सह–सचिबमा रुपा राई लिम्बु र कोषाध्यक्षमा गंगा कुमारी लिम्बु निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा देउमान लुम्फुङवा, चन्द्र कुमार योङ्या, भुवनशिं यक्सो, उदय बेघा, इन्दिरा चेम्जोङ्, राम शिला बखिम, डम्बर तुम्रोक, दिपा लोक्ताम, जुनिता नेम्बाङ्, धनसिं लिङदेन, आइन्द्र कुमारी आङ्देम्बे, लाल बहादुर हुक्पा चोङ्बाङ्, बिष्णु माया सिंगक, कुमारी यक्सो, हरि प्रसाद लावती, टेक लावती, कृष्ण राज नेम्बाङ्, डम्बर बहादुर यक्शो, खड्क बहादुर नुगो, दिलेन्द्र नेम्बाङ्, निर्मला लिम्बु आङ्बुङ चयन भएका छन् ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...