चुम्लुङ र लिम्बुवान मञ्च युएईले बलिहाङ तङ्नाम मनाउने

 लिम्बुवान न्युज
                       

युएई । किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मन्च युएई संयुक्त बलिहाङ तङ्नाम २०२२ मनाउने भएको छ ।

६ नोभेम्बर २०२२ मा याक एण्ड यति होटल एभरेष्ट क्लब बरदुबाईमा मनाउने कियाचु युएईका अध्यक्ष कमल लावतीले जानकारी दिएका छन् ।

यस कार्यक्रमको संयोजक संलिसाम युएईका अध्यक्ष बिक्रम लिम्बूलाई जिम्मेवारी दिइएको छ । कोरोनाको कारणले धेरै समय कार्यक्रम हुन नसकेकोले पनि दीपावलीको उपलक्ष्य साथै बलिहाङ तङ्नाम एकसाथमा भब्य रुपले मनाउने भएको हो ।

यसका कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का बिजेता राम लिम्बूको बेजोड सांगीतिक प्रस्तुति साथै स्थानीय कलाकारहरुबाट याक्थुङ लिम्बूको मौलिक पहिचानका संस्कृतिक, भेषभूषा केलाङ यालाङ (धाननाच) साथै विभिन्न प्रस्तुतिहरू रहनेछन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...