रूक्सनाकाे ‘यरिक यरिक नाेगेन’ बाेलकाे गीत सार्वजनिक
मङ्गलबार, २८ भदौ, २०७९ रातीको ०८:४६ बजे,
लिम्बुवान न्युज
झापा, २८ भदौ । ‘द भ्वाइस अफ किड्स नेपाल’मार्फत चर्चामा आएकी बालगायिका रुक्सना लिम्बूको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । रुक्सनाको ‘यरिक यरिक नोगेन’ बोलको गीतलाई आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
रुक्सनाको ‘यरिक यरिक नोगेन’ गीतको भिडियोलाई कार्यक्रमका प्रमुख अतिथि लोकप्रिय गायक राजेशपायल राईले सार्वजनिक गरेका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत महेश खड्काको रहेको छ ।
रुक्सनाकै अफिसियल युट्युब च्यानल ‘रुक्सना लिम्बू’मार्फत सार्वजनिक ‘यरिक यरिक नोगेन’ गीतको भिडियोमा रुक्सना लिम्बू र उनकी आमा रेखा लिम्बू लावतीले अभिनय गरेका छन् । साथै, भिडियोमा संगीतकार महेश खड्का, पुष्पाञ्जली तिलिङ, प्रिया र सरिताको पनि अभिनय रहेको छ । उनीहरुलाई अतिथि कलाकारका रुपमा प्रस्तुत गरिएको छ ।
सैलेन्द्र नाल्बोको निर्माण रहेको यस भिडियोलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रशान्त मगरको कोरियोग्रफ, अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका रुक्सनाले महेश खड्काको संगीतमा ‘नोगेन’ बोलको गीत गाएका थिए । उक्त गीतले चर्चा बटुलेसँगै महेशकै शब्द तथा संगीतमा ‘यरिक यरिक नोगेन’ गाएकी हुन् ।
पछिल्लो समय रुक्सना स्टेज कार्यक्रमहरूमा समेत व्यस्त गायिका मानिन्छिन् । उनले छोटो समयमै दुई दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । हालसम्म आएका उनका गीतहरु श्रोता दर्शकले रुचाएका छन् ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...