शिवसताक्षीमा लिम्बुवानका जनवर्गीय संगठनहरू पुनःगठन

 लिम्बुवान न्युज
                       

शिबसताक्षी १ असोज  / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित फूलबारी चौकमा सम्पन्न समारोहमा संघीय लिम्बूवान प्रान्तीय मञ्चको भातृसंगठन संघीय लिम्बूवान महिला मञ्च, लिम्बूवान युवा मञ्च, लिम्बूवान भूपु सैनीक मञ्च र साँस्कृतिक कलाकार मञ्च गठन गरिएको हो ।

यसरी गठन भएको संघीय लिम्बूवान महिला मञ्चको अध्यक्षमा मनिता सुब्बा, युवा मञ्चको अध्यक्षमा शिब शेर्मा, लिम्बूवान भूपु सैनिक मञ्चको अध्यक्षमा कर्ण लिम्बू र साँस्कृतिक कलाकार मञ्चको अध्यक्षमा जीतेन यक्तेन रहनुभएको छ ।्

देबीबहादुर निङलेकु (प्रताप) को अध्यक्षतामा र प्रदेश १ का सामाजिक विकाश राज्यमन्त्री माननीय बिष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि राज्यमन्त्री तुम्बाहाम्फेले नवगठित पार्टी सम्बद्ध भातृसंगठनका नेतृत्वहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राज्यमन्त्रीले पहिचानको आन्दोलनलाई अझै शसक्त र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । वहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुबीच एकता र अठोटका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुदैं मन्त्री तुम्बाहाम्फेले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चले अघि सारेका राजनीतिक एजेन्डालाई पुरा गर्न निर्वाचनमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तैं, संघीय लिम्बूवान लेखक मञ्चका बिक्रम वनेम फागो, लिम्बूवान साँस्कृतिक कलाकार मञ्चका हरिराज खिमदिङ, संघीय लिम्बूवान प्रान्तीय मञ्चका दिल सेरेङ, भुपु सैनिक मञ्च सुनसरीका अध्यक्ष धनबहादुर साम्सोहाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा लिम्बूवान कलाकारहरुले मनोरञ्जनात्मक साँस्कृतिक प्र्रस्तुतीहरु मार्फत सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;