
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
दमक, ६ असोज । लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको तीन स्थानमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यहि असोज १५ गते दमक, असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले लिम्बुवान खबरलाई बताएका छन् ।
पहिलो शो दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा दिउँसो २ बजे पर्दशन गरिने छ । यसरी नै विर्तामोडमा दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० मा अन्तिम शो देखाईने निर्देशक राईले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।
लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को गतसाल चैत्रमा नै छायांकन सकिएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । ढिलै भएपनि चलचित्र सम्पादन लगायतको सम्पूर्ण कार्य सकेर प्रदर्शनमा लाने कोशिस गरेको छु निर्देशक राईले भने ।
चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने सुकुमार मेचे, नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी समेतको पनि चलचित्रमा लगानी रहेको निर्देशक राईले बताए ।
यसरी नै सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।
पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।
करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् कोरोना अन्त्यभएमा आगामी हिन्दुहरुको महान चार्ड दशैसम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...