दमक बेलडागी शिविरका ५० जना अशक्तलाई युजीएसएको सहयोग

 लिम्बुवान न्युज
                       

दमक, ६ भदाैं । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) को सहयोगमा झापाको दमक ३ स्थित बेलडाँगीका अशक्त भुटानी शरणार्थी व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ ।

वृद्धवृद्धा र अपाङ्गता भएका गरी अति समस्यामा परेका बेलडाँगीका ५० जनालाई युजीएसएको तर्फबाट जाडो छल्ने ब्लाङ्केट र दशैं खर्च स्वरूप ५ सयका दरले नगद सहयोग प्रदान गरिएको हो ।

बुधबार शिविरमा आयोजित एक कार्यक्रमका बीच सामाजिक अगुवाहरु अगम गुरुङ, पूर्व शिविर सचिव टिबी गुरुङलगायत सोसाइटीका पदाधिकारीको तर्फबाट राहत प्रदान गरिएको थियो ।

फरक क्षमता भएका आफ्नै समुदायका मानिसहरुलाई सहयोग गर्न पाउँदा आनन्द लागेको पूर्व शिविर सचिव टिबी गुरुङले बताए । साथै उनले स्वदेश (भुटान) फिर्तिको सपना र अडान कायमै राखेर शिविरमा बसोबास गरिरहेका सबैप्रति कृतज्ञता व्यक्त गरे ।

सोसाइटीको तर्फबाट अहिले सामान्य सहयोग मात्रै गर्न सकेको भन्दै हेरिसबर्ग निवासी अगम गुरुङले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शिविरका सन् २०१५ देखि सेवा गर्दै आइरहेकी देवीमाया गुरुङले हाल ५० जनालाई राहत उपलब्ध गराउन पाएकोमा खुशी लागेको बताइन् । उनका अनुसार अशक्तहरु मध्येबाट पारिवारिक अवस्थालई हेरेर ५० जनालाई यस कार्यक्रममा सहभागी गराइएको जानकारी दिइन् ।

दातृ निकाय युएनएचसिआरलगायतले शिविरमा रहेका अशक्त भुटानी शरणार्थीहरुलाई हेरचाह गर्न छाडेपछि पुनर्वास रोजेर अमेरिका, क्यानडा, अष्ट्रेलया, डेनमार्क, न्यूजल्याण्ड, नर्वेलगायत विभिन्न मुलुक पुगेका शरणार्थी व्यक्ति र समूहले अशक्तहरुको जीवनयापनमा बेलाबेला सहयोग गर्दै आएका देवीमायाको भनाइ छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...