दमक बेलडागी शिविरका ५० जना अशक्तलाई युजीएसएको सहयोग

,   लिम्बुवान न्युज
                       

दमक, ६ भदाैं । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) को सहयोगमा झापाको दमक ३ स्थित बेलडाँगीका अशक्त भुटानी शरणार्थी व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ ।

वृद्धवृद्धा र अपाङ्गता भएका गरी अति समस्यामा परेका बेलडाँगीका ५० जनालाई युजीएसएको तर्फबाट जाडो छल्ने ब्लाङ्केट र दशैं खर्च स्वरूप ५ सयका दरले नगद सहयोग प्रदान गरिएको हो ।

बुधबार शिविरमा आयोजित एक कार्यक्रमका बीच सामाजिक अगुवाहरु अगम गुरुङ, पूर्व शिविर सचिव टिबी गुरुङलगायत सोसाइटीका पदाधिकारीको तर्फबाट राहत प्रदान गरिएको थियो ।

फरक क्षमता भएका आफ्नै समुदायका मानिसहरुलाई सहयोग गर्न पाउँदा आनन्द लागेको पूर्व शिविर सचिव टिबी गुरुङले बताए । साथै उनले स्वदेश (भुटान) फिर्तिको सपना र अडान कायमै राखेर शिविरमा बसोबास गरिरहेका सबैप्रति कृतज्ञता व्यक्त गरे ।

सोसाइटीको तर्फबाट अहिले सामान्य सहयोग मात्रै गर्न सकेको भन्दै हेरिसबर्ग निवासी अगम गुरुङले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शिविरका सन् २०१५ देखि सेवा गर्दै आइरहेकी देवीमाया गुरुङले हाल ५० जनालाई राहत उपलब्ध गराउन पाएकोमा खुशी लागेको बताइन् । उनका अनुसार अशक्तहरु मध्येबाट पारिवारिक अवस्थालई हेरेर ५० जनालाई यस कार्यक्रममा सहभागी गराइएको जानकारी दिइन् ।

दातृ निकाय युएनएचसिआरलगायतले शिविरमा रहेका अशक्त भुटानी शरणार्थीहरुलाई हेरचाह गर्न छाडेपछि पुनर्वास रोजेर अमेरिका, क्यानडा, अष्ट्रेलया, डेनमार्क, न्यूजल्याण्ड, नर्वेलगायत विभिन्न मुलुक पुगेका शरणार्थी व्यक्ति र समूहले अशक्तहरुको जीवनयापनमा बेलाबेला सहयोग गर्दै आएका देवीमायाको भनाइ छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;