काठमाडौं, ८ असोज । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नी बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । जो अहिले १० वर्षका भइसकेका छन् । राईका अनुसार अहिले आमा र बच्चा दुवै जनाको स्वास्थ्य राम्रो छ । आँफु सुटिङबाट सिधै अस्पताल आएको जानकारी दिँदै भने परिवारमा नयाँ सदस्यको आगमनले निकै खुशी तुल्याएको छ ।
दयाहाङ हाल ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा लागिरहेका छन् ।
दया र बेनुकाको विबाह २०६५ सालमा भएको हो । उनकी पत्नि बेनुकाले गायिका हुन् । हाल उनी फिल्म ‘दुई नम्बरी’को प्रचार प्रसारमा पनि ब्यस्त छन् । दयाको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते प्रर्दशन हुँदैछ ।
Related