दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

दमक, ९ असोज । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम जोडिने मेची मार्ग पाँच दिने बन्द हुने भएको छ । लिम्बु जातीहरुको जातीय किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संयुक्त संघर्ष समिति लगायत संघसंस्थाहरुले असोज ९ देखि १३ गतेसम्म बन्दको आव्हान गरेका हुन् ।
विगत २ बर्ष देखि ताप्लेजुङस्थित ऐतिहासिक धार्मिक स्थल पाथीभरालाई ऐतिहासिक दस्तावेजको आधारमा मुक्कुमलुङ नामाकरण गरिनु पर्ने माग राख्दै मुक्कुलुङ संयुक्त संघर्ष समितिले आन्दोलन गरि मुकुम्लुङ नामाकरण विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको तर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सो आन्दोलन र मुद्दालाई वेवास्ता गर्दै एकल र मनोमानी ढंगबाट पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना गर्ने निर्णय गरेसँगै आन्दोलनमा उत्रिएका हुन् ।
संघर्ष समितिको अगुवाईमा कियाचू लगायत जातीय संस्थाहरुले उक्त महोत्वसको विरोध गरेका छन् । ताप्लेजुङस्थित जिल्लाका केही राजनैतिक दलहरुले समेत उक्त महोत्सव रोक्न र आन्दोलनकारीहरुको मागलाई सम्बोधन गर्न विज्ञप्ति जारी गरेका छन् ।
बन्द आव्हान कर्ताहरुले बन्दका कारण असुविधा भोग्नुहुने महानुभावहरुलाई क्षमायाचना गर्दै मुकुमलुङ नामाकरणलाई स्थापित गर्न सबैमा आग्रह गरेका छन् । यसैक्रममा आज कियाचू संघीय समिति, मुकुमलुङ संघर्ष समिति, कियाचू ताप्लेजुङ, लिम्बु थरगत संस्थाहरुको सयङ लगायत जातीय संस्थाहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई सहयोग गर्न आम जनसमुदायलाई अनुरोध गरेका छन् ।
उनीहरुले राज्यले सर्बोच्चमा विचाराधिन अवस्थामा रहेको मुद्दालाई वेवास्ता गर्दै महोत्सवको नाममा पाथीभरा नामलाई स्वीकार गर्न त्यस क्षेत्रका आम आदिवासी जनजाति लिम्बु जातीहरुमाथिको ऐतिहासिक सांस्कृतिक धार्मिक आस्थामा कुण्ठित गर्न एकल जातीय नश्लिय राज्य लागेको आरोप लगाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गतहप्ता निकालेको विज्ञप्तिले अपमान गरेको सो तुरुन्त सच्याउनु पर्ने समेत माग गरेका छन् ।
आन्दोलनलाई एकबद्धता गर्न विभिन्न संघ संस्था, राजनैतिक दल लगायतले समेत विज्ञप्ति जारी गरेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...