झापा ५ मा ओली विरुद्ध यूगको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शनिबार दमक चोकको पिपलबोटबाट एमाले अध्यक्ष ओलीविरुद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेका पाठकले नयाँ आन्दोलनको समेत घोषणा गरे । उनले आफूले घोषणा गरेको आन्दोलनलाई ‘उत्श्रवण आन्दोलन’ को संज्ञा दिए ।

उत्श्रवण आन्दोलनमार्फत जनताको राजनीति जनतातिरै फर्काउने भन्दै पाठकले सबैको शिर उठाउने वैचारिक आन्दोलन भएको समेत जिकिर गरे । आफ्नो उम्मेद्वारी घोषणा गर्दै उनले भने –‘यो आन्दोलन झापा–५ बाट सुरु भयो । आन्दोलन देशभर हुँदै अन्तर्राष्ट्रिस्तरसम्म पुग्नेछ ।’

पाठकले लाल्टिन बालेर नयाँ विचारको सुरुवात गरेको भन्दै उत्श्रवण आन्दोलन थालनीको संकेत गरे । उनलाई वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले लाल्टिन बालेर सहयोग गरे । उनले नयाँ वैचारिक आन्दोलनको संकेतस्वरूप लाल्टिन बालेर जनताको घरसम्म नयाँ विचार लिएर पुग्ने जिकिर गरेका छन् ।

रेमिट्यान्सको भरमा टिकेको देशको अर्थतन्त्रबारे टिप्पणी गर्दै पाठकले भने –‘रेमिट्यान्स आउने ठाउँमा केही भएर हाम्रा दाजुभाइ फर्कनुभयो भने, खाद्यान्न आउन छाड्यो भने, सोच्नुस् त के हुन्छ ? त्यसकारण अब पुरानो विचारले काम गर्दैन । नयाँ विचार ल्याउन जरुरी भएर मैले उम्मेद्वारीसँगै यो आन्दोलनको घोषणा गरेको हुँ ।’

उत्श्रवण आन्दोलनको पहिलो निष्कर्ष ‘मानव संसार आज दार्शनिक संकटमा छ’ भन्ने रहेको दावी गर्दै पाठकले अहिले राजनीति विचारले नयाँ पुस्ताका निम्ति सपना फुलाउन नसक्ने बताए ।

आफ्नो पहिलो प्राथमिकता कृषिमा आमूल परिवर्तन गर्ने रहेको भन्दै उनले कृषिको आधुनिकीकरणका नाउँमा नक्कली कार्यक्रममार्फत हालसम्म कृषिलाई ध्वस्त पारिएको उनको आरोप थियो । (हरप्रहर न्यूजबाट)

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...