झापा ५ मा ओली विरुद्ध यूगको उम्मेद्वारी घोषणा

,   लिम्बुवान न्युज
                       

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शनिबार दमक चोकको पिपलबोटबाट एमाले अध्यक्ष ओलीविरुद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेका पाठकले नयाँ आन्दोलनको समेत घोषणा गरे । उनले आफूले घोषणा गरेको आन्दोलनलाई ‘उत्श्रवण आन्दोलन’ को संज्ञा दिए ।

उत्श्रवण आन्दोलनमार्फत जनताको राजनीति जनतातिरै फर्काउने भन्दै पाठकले सबैको शिर उठाउने वैचारिक आन्दोलन भएको समेत जिकिर गरे । आफ्नो उम्मेद्वारी घोषणा गर्दै उनले भने –‘यो आन्दोलन झापा–५ बाट सुरु भयो । आन्दोलन देशभर हुँदै अन्तर्राष्ट्रिस्तरसम्म पुग्नेछ ।’

पाठकले लाल्टिन बालेर नयाँ विचारको सुरुवात गरेको भन्दै उत्श्रवण आन्दोलन थालनीको संकेत गरे । उनलाई वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले लाल्टिन बालेर सहयोग गरे । उनले नयाँ वैचारिक आन्दोलनको संकेतस्वरूप लाल्टिन बालेर जनताको घरसम्म नयाँ विचार लिएर पुग्ने जिकिर गरेका छन् ।

रेमिट्यान्सको भरमा टिकेको देशको अर्थतन्त्रबारे टिप्पणी गर्दै पाठकले भने –‘रेमिट्यान्स आउने ठाउँमा केही भएर हाम्रा दाजुभाइ फर्कनुभयो भने, खाद्यान्न आउन छाड्यो भने, सोच्नुस् त के हुन्छ ? त्यसकारण अब पुरानो विचारले काम गर्दैन । नयाँ विचार ल्याउन जरुरी भएर मैले उम्मेद्वारीसँगै यो आन्दोलनको घोषणा गरेको हुँ ।’

उत्श्रवण आन्दोलनको पहिलो निष्कर्ष ‘मानव संसार आज दार्शनिक संकटमा छ’ भन्ने रहेको दावी गर्दै पाठकले अहिले राजनीति विचारले नयाँ पुस्ताका निम्ति सपना फुलाउन नसक्ने बताए ।

आफ्नो पहिलो प्राथमिकता कृषिमा आमूल परिवर्तन गर्ने रहेको भन्दै उनले कृषिको आधुनिकीकरणका नाउँमा नक्कली कार्यक्रममार्फत हालसम्म कृषिलाई ध्वस्त पारिएको उनको आरोप थियो । (हरप्रहर न्यूजबाट)

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;