शेरबहादुर लाओतीको अध्यक्षतामा किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो गठन

,   लिम्बुवान न्युज
                       

दमक, ९ असोज । शेरबहादुर लाओतीको अध्यक्षतामा ५१ सदस्यीय किरात याक्थुङ पापोहाङ लाओती सयङ गठन भएको हो । शनिबार इलामस्थित माङसेबुङ ५ मा आयोजित सयङको प्रथम साधारण सभाले लाओतीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

सभाले लाओतीको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षहरुमा कुलबहादुर लाओती (माङसेबुङ), धर्मजंग लाओती (काठमाण्डौ), दिल्लीबहादुर लाओती (मिक्लाजुङ) कमला योङहाङ लाओती (दमक) र तिलप्रसाद लाओती (बेलायत) त्यसैगरी महासचिवमा सुमन लाओती (माङसेबुङ), सचिवमा योगेश लाओती (माङसेबुङ), सह–सचिबमा बमप्रसाद लाओती र निङवा लाओती (माङसेबुङ), कोषाध्यक्षमा दुधबहादुर लाओती (माङसेबुङ) र सह–कोषाध्यक्ष बिष्णुकला लाओती (माङसेबुङ) निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः मनकुमार लाओती(माङसेबुङ), मिलन लाओती (दमक), अञ्जु सङमी लाओती(माङसेबुङ), हर्कसिंह लाओती (माङसेबुङ), महेन्द्र लाओती (तुम्बेवा), फुलकुमार लाओती (मोरङ), जोग लाओती (बेलायत), सिंगराज लाओती (मिक्लाजुङ), सुरेश लाओती (माङसेबुङ), मेघराज लाओती(मिक्लाजुङ), कबिन्द्र लाओती (लुम्फाबुङ), विजय लाओती (श्रीअन्तु), टिकाराम लाओती (मिक्लाजुङ), मणि लाओती (तुम्बेवा), घनश्याम लाओती (भारपा), भीमबहादुर लाओती (दानाबारी), कालेन्द्र लाओती (धरान), महासिं लाओती (झापा), अर्जुन लाओती (शिवतसतासी झापा), बमबिक्रम लाओती(कमल झापा), डिल्लीश्वर लाओती (काठमाण्डौं) रहेका छन् ।

यस्तैगरी गुमानसिं लाओती(आसाम), प्रेम लाओती(कालेम्पुङ), तेजबहादुर लाओती(आसाम), शान्तिला सम्बाहाङफे लाआती(यासोक), कालीबहादुर लाओती(बेल्डागी झापा), दिलकुमार लाओती (मिक्लाजुङ मोरङ), डम्बर लाओती (सिंहदेबि मोरङ), रामकुमार लाओती(सिदेन पान्थर) तेजमान लाओती (माङसेबुङ), लिला कन्दङवा लाओती (भद्रपुर झापा), सरिता लाओती(काठमाण्डौं), कुलबहादुर लाओती (भुटान), रामप्रसाद लाओती(अमेरिका), अमरसिंह लाओती (माङसेबुङ),बुद्धहाङ लाओती (बिर्तामोड) रामप्रसाद लाओती (माङसेबुङ),मिसिरमान लाओती (मिक्लाजुङ), बुद्धिमान लाओती (बेलायत) र सबिना लाओती (बेलायत) पनि सदस्यमा चयन भएका छन् ।

भेलाले संस्थाको सल्लाहकारमा जगतबहादुर लाओती, दिलबहादुर लाओती र डम्बर लाओतीलाई चयन गरेको नवनिर्वाचित महासचिव सुमन लाओतीले जनाएका छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;