शेरबहादुर लाओतीको अध्यक्षतामा किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो गठन

 लिम्बुवान न्युज
                       

दमक, ९ असोज । शेरबहादुर लाओतीको अध्यक्षतामा ५१ सदस्यीय किरात याक्थुङ पापोहाङ लाओती सयङ गठन भएको हो । शनिबार इलामस्थित माङसेबुङ ५ मा आयोजित सयङको प्रथम साधारण सभाले लाओतीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

सभाले लाओतीको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षहरुमा कुलबहादुर लाओती (माङसेबुङ), धर्मजंग लाओती (काठमाण्डौ), दिल्लीबहादुर लाओती (मिक्लाजुङ) कमला योङहाङ लाओती (दमक) र तिलप्रसाद लाओती (बेलायत) त्यसैगरी महासचिवमा सुमन लाओती (माङसेबुङ), सचिवमा योगेश लाओती (माङसेबुङ), सह–सचिबमा बमप्रसाद लाओती र निङवा लाओती (माङसेबुङ), कोषाध्यक्षमा दुधबहादुर लाओती (माङसेबुङ) र सह–कोषाध्यक्ष बिष्णुकला लाओती (माङसेबुङ) निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः मनकुमार लाओती(माङसेबुङ), मिलन लाओती (दमक), अञ्जु सङमी लाओती(माङसेबुङ), हर्कसिंह लाओती (माङसेबुङ), महेन्द्र लाओती (तुम्बेवा), फुलकुमार लाओती (मोरङ), जोग लाओती (बेलायत), सिंगराज लाओती (मिक्लाजुङ), सुरेश लाओती (माङसेबुङ), मेघराज लाओती(मिक्लाजुङ), कबिन्द्र लाओती (लुम्फाबुङ), विजय लाओती (श्रीअन्तु), टिकाराम लाओती (मिक्लाजुङ), मणि लाओती (तुम्बेवा), घनश्याम लाओती (भारपा), भीमबहादुर लाओती (दानाबारी), कालेन्द्र लाओती (धरान), महासिं लाओती (झापा), अर्जुन लाओती (शिवतसतासी झापा), बमबिक्रम लाओती(कमल झापा), डिल्लीश्वर लाओती (काठमाण्डौं) रहेका छन् ।

यस्तैगरी गुमानसिं लाओती(आसाम), प्रेम लाओती(कालेम्पुङ), तेजबहादुर लाओती(आसाम), शान्तिला सम्बाहाङफे लाआती(यासोक), कालीबहादुर लाओती(बेल्डागी झापा), दिलकुमार लाओती (मिक्लाजुङ मोरङ), डम्बर लाओती (सिंहदेबि मोरङ), रामकुमार लाओती(सिदेन पान्थर) तेजमान लाओती (माङसेबुङ), लिला कन्दङवा लाओती (भद्रपुर झापा), सरिता लाओती(काठमाण्डौं), कुलबहादुर लाओती (भुटान), रामप्रसाद लाओती(अमेरिका), अमरसिंह लाओती (माङसेबुङ),बुद्धहाङ लाओती (बिर्तामोड) रामप्रसाद लाओती (माङसेबुङ),मिसिरमान लाओती (मिक्लाजुङ), बुद्धिमान लाओती (बेलायत) र सबिना लाओती (बेलायत) पनि सदस्यमा चयन भएका छन् ।

भेलाले संस्थाको सल्लाहकारमा जगतबहादुर लाओती, दिलबहादुर लाओती र डम्बर लाओतीलाई चयन गरेको नवनिर्वाचित महासचिव सुमन लाओतीले जनाएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...