मेची मार्गमा भईरहेको बन्द चार बुँदे सहमति गर्दै फिर्ता

 लिम्बुवान न्युज
                       

फुङ्लिङ(ताप्लेजुङ) । “पाथिभरा” भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ सो को सट्टामा “ताप्लेजुङ” राखेर मात्र महोत्सव सञ्चालन गर्न आयोजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको कार्यक्रम अघि सारेको थियो ।

सोमबार साझ मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मीविच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

पाथिभरा क्षेत्र विकास समिति र पाथिभरा मन्दिर संरक्षण, सम्बर्धन समितिको आयोजनामा पाथिभरा म्याराथन तथ पर्यटन महोत्सव–२०७९ आयोजना गर्ने भएपछि किरात याक्थुङ चुम्लुङ र मुक्कुमलुङ संयुक्त संघर्ष समितिले महोत्सव अवधिभर २०७९ असोज ९–१३ गतेसम्म ताप्लेजुङ बन्द घोषणा गरेको थियो ।

यस्तो छ सहमतिका बुँदाहरू:
मुक्कुमलुङ सङ्घर्षरत पक्ष र पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव पक्षबिच भएको सम्झौता

श्री विगत २ वर्ष देखि मुक्कुमलुङ पुनः स्थापीत गर्ने आन्दोलन गर्दै रहेको सबैमा अवगत छ । यस विषयमा सर्वोच्चमा समेत मुद्दा चिवाराधिन अवस्थामा रहेकोले हाल पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देअि १३ सम्म आयोजना गरिएको सन्दर्भमा आदीवासी याक्थुङ लिम्बुहरुको धार्मिक, सांस्कृतिक आस्थाको धरोहर मुक्कुमलुङ पुनः स्थापीत गर्ने घोषित आन्दोलन लाई स्थगन गरि ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देखि १३ सभ्य र भव्य रुपमा सम्पन्न गर्न हामी दुवै पक्ष बिच निम्न सहमित भएको छ ।

निम्न बुँदाहरु
१. महोत्सवको नाम पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सवको सट्टामा ताप्लेजुङ भ्याराथुन तथा पर्यटक महोत्सव राख्ने ।
२. महोत्वसको सन्दर्भमा बनाइएका र उल्लेख गरिएको ब्यानर, गेट, शिल्ड, प्रमाण पत्र, आदिको भिडियो, जिङ्गल्स्, छाप र दस्तावेज लगायतका सबैमा सामग्रीहरुमा आयोजक पषले पाथीभरा हटाएर ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव राख्ने परिवर्तन गर्ने ।
३. आन्दोलन पक्ष किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत (याक्थुङ सयङ) सहजीकरण, मुक्कुमलुङ संयुक्त संघर्ष समिति सहित लिम्बु याक्थुङ जन्य अन्य संघ संस्थाहरुले २०७९ असोज ९ । १३ सम्मको बन्द स्थगन गर्ने ।
४. यो सहमति संयुक्त कार्यान्वयन अनुगमन समिति बनाउने, सहमतिहरु दुवै पक्षले पालना गर्ने । पछि सहमति उलंघन भए आन्दोलन गर्ने हक हुने छ । संयुक्त अनुगमन समितिहरु

आयोजक समितिबाट
(१) रकि थेबे
(२) सुरेश लिम्बु
(३) दावा सेर्पा

आन्दोलन पक्ष
(१) प्रदिप मादेन
(२) नविन फुरुम्बो
(३) सरोज कङलीबा

हस्ताक्षर गर्ने
आयोजक तर्फ बाट
(१) तारानाथ घिमिरे (पाथीभरा देवी
(२) रकि थेबे (पा. क्षे. वि. स. ता. अध्यक्ष)
(३) नारायण थापा (उ. वा. सं., अध्यक्ष

आन्दोलन तर्फ बाट
(१) इन्दिरा मेन्याङबो (कि.या.चु. जि.शा.ता., अध्यक्ष)
(२) बिबिहाङ वनेम ( ,,  ,,  ,, सचिव)
(२) दिपक ताप्मादेन (मु.सं.सं. समिति, अध्यक्ष)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...