याक्थुङ स्टारका फाइनलिष्ट माखिम दमकमा सम्मानित

 लिम्बुवान न्युज
                       

दमक । केहिदिन अघि सम्पन्न भएको सिङगिङ रियालीटी सो याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित भएका छन् ।

बुधबार दमक स्थित गोर्खा डिपार्टमेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि किरात माङसेबुङ केलाङ समूहले गायक माखिमलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा लोकप्रिय गायीका तथा याक्थुङ स्टारका निर्णायक गंगा फियाक, लोकप्रिय गायक आइन्द्र नेम्बाङ, मेरो भ्वाईस युनिभर्समा सहभागि भएका गायक चोत्लुङहाङ केदेम, गायक कुमार नेम्बाङ र गायक राजन बेघा लगायतले साँगितिक प्रस्तुति दिएका थिए ।

माखिमलाई प्रमुख अतिथि तथा उनकै संगीत गुरु अनिल फागोले दोसल्ला ओडाएर सम्मान पत्रद्वारा र बिशेष अतिथि रंगकर्मी तथा सामाजिक अभियन्ता बिक्र फागो वनेमले नगद राशि टक्राएर सम्मान गरेका थिए ।

माखिमलाई नगद ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएरु सम्मान गरिएको किरात माङसेबुङ केलाङ समूहका संयोजक दिलहाङ सङबाङफेले बताए ।

कार्यक्रममा कुरुम्बेली सेवा समाज सेवा संघका प्रतिधी गगन लाओती, किरात याक्थुङ माखिम सङ्जुम्भो का प्रतिनिधि, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पाम्जुम्भो, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष शंकर केरुङ र गुरु टोलिका प्रतिधी लगायतको उपस्थिति रहेको थियो ।

किरात माङसेबुङ केलाङ समूहको संयोजक दिलहाङ सङबाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आइन्द्र थेगिमले गरेका थिए ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...