चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

 लिम्बुवान न्युज
                       


काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन ¥याली निकालिएको हो ।

कियाचूले कोशी नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङकन हुनुपर्ने माग गरेको छ । ३५औं स्थापना दिवसलाई कोशी खारेजीको आन्दोलनको रुपमा मनाउँदै प्रदेशको नाम “लिम्बुवान किरात कायम गर” भन्ने मूल नाराका साथ ¥याली निकालिएको चुम्लुङ महासचिव निरन्ती तुम्बापोले वताइन् ।

जावलाखेल चोकमा ¥याली शुरुहुनु अघि कोशी खारेजी सन्दर्भलाई जोडेर कला प्रदर्शनीको समेत कियाचूले आयोजना गरेको छ । मध्यान्हको १२ बजेबाट ¥याली शुरु भई दिउँसो २ बजे चुम्लुङहिम पुगेर सभामा कार्यक्रम परिणत भएको थियो ।

पूर्व कुलपति तिलविक्रम नेम्बाङ बैरागी काईलाको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस कार्यक्रममा जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाका प्रमुखहरु, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरु, विभिन्न राजनैतिक दलका प्रमुखहरु र कियाचूका पूर्व अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न लिम्बु याक्थुङ थरगत सयङ्, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च लगायतका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कियाचू संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको थियो ।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो । दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो । तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ । चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, आदिवासी जनजाति महासंघ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायत ४० भन्दा धेरै संघसंस्था र राजनैतिक दलहरुले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरि यतिवेला प्रदेश १ मा आन्दोलन गरिरहेको छ ।

कला प्रदर्शनीका तस्वीरहरूः

Exif_JPEG_420

 

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...