लुङधुङकाे छैटाैं साधारणसभा सम्पन्न : येहाङनगर स्मारिका विमाेचन

 लिम्बुवान न्युज
                       

दमक, १३ असोज। झापाको दमक नगरपालिका वडा नं. १ स्थित लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार दमक वडा न. १ का वडासदस्य राजकर्ण राईको प्रमुखको आतिथ्यतामा संस्थाको छैटौं बार्षिक साधारणसभा टोलको कार्यालय परिसरको हलमा भएको हो । सभाले फुङमा तुम्रोकको अध्यक्षतामा तीन सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको सचिवमा सन्जु कुरुम्बाङ र कोषाध्यक्षमा उर्मिला कुरुम्बाङ चयन भएका छन् ।

कार्यक्रममा टोलको समाजसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा क्रमशः सेसेमी सेनाल्बो, डिल्लीश्वर मुसाहाङ, एल बि राई, तिलक फागोलाई सम्मान गरेको छ भने समाज सेवी घनेन्द्र चेम्जोङलाई पनि प्रशंसा पत्र प्रदान गरेको थियो ।

टोलमा जम्मा ९९ घरघुरी रहेको सभाले अध्यक्षको बार्षिक तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्व सम्मतबाट अनुमोदन गर्दै सभा सम्पन्न भएको छ । त्यसै गरी साधारणसभामा डिल्लीश्वर मुसाहाङको लेखक/सम्पादकमा रहेको ३१२ पृष्ठको टोलको स्मारिका येहाङनगर बिमोचन गरिएको छ ।

कार्यक्रममा १ न. वडा सदस्य प्रमुख अतिथि राजकर्ण राई, सिरिजङगा टोल विकास संस्था दमक १ अध्यक्ष तथा टोलका संस्थापक अध्यक्ष सेसेमी सेनाल्बो, टोलका पुर्व सचिव डिल्लीश्वर मुसाहाङ, पुर्व सहसचिव/कोषाध्यक्ष माइती माया पारघरी, साहित्यकार एल बि राई, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ अर्थ सचिव रचना लाओती, सिरिजङगा टोलका पुर्व अध्यक्ष चादनी सेर्मा, सुम्निमा टोल अध्यक्ष यमुना योगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभा टोल विकास संस्था दमक १ येहाङनगर, झापाको छैटौं बार्षिक साधारणसभा तथा येहाङनगर स्मारिका बिमोचन, सम्मान कार्यक्रम टोल अध्यक्ष याम बहादुर राईको अध्यक्षता सम्पन्न भएको हो भने स्वागत मन्तब्य सदस्य सन्दिप तामाङले राखेका थिए भने संचालन कोषाध्यक्ष फुङमा तुम्रोकले गरेकी थिइन् ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...