लुङधुङकाे छैटाैं साधारणसभा सम्पन्न : येहाङनगर स्मारिका विमाेचन

 लिम्बुवान न्युज
                       

दमक, १३ असोज। झापाको दमक नगरपालिका वडा नं. १ स्थित लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार दमक वडा न. १ का वडासदस्य राजकर्ण राईको प्रमुखको आतिथ्यतामा संस्थाको छैटौं बार्षिक साधारणसभा टोलको कार्यालय परिसरको हलमा भएको हो । सभाले फुङमा तुम्रोकको अध्यक्षतामा तीन सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको सचिवमा सन्जु कुरुम्बाङ र कोषाध्यक्षमा उर्मिला कुरुम्बाङ चयन भएका छन् ।

कार्यक्रममा टोलको समाजसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा क्रमशः सेसेमी सेनाल्बो, डिल्लीश्वर मुसाहाङ, एल बि राई, तिलक फागोलाई सम्मान गरेको छ भने समाज सेवी घनेन्द्र चेम्जोङलाई पनि प्रशंसा पत्र प्रदान गरेको थियो ।

टोलमा जम्मा ९९ घरघुरी रहेको सभाले अध्यक्षको बार्षिक तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्व सम्मतबाट अनुमोदन गर्दै सभा सम्पन्न भएको छ । त्यसै गरी साधारणसभामा डिल्लीश्वर मुसाहाङको लेखक/सम्पादकमा रहेको ३१२ पृष्ठको टोलको स्मारिका येहाङनगर बिमोचन गरिएको छ ।

कार्यक्रममा १ न. वडा सदस्य प्रमुख अतिथि राजकर्ण राई, सिरिजङगा टोल विकास संस्था दमक १ अध्यक्ष तथा टोलका संस्थापक अध्यक्ष सेसेमी सेनाल्बो, टोलका पुर्व सचिव डिल्लीश्वर मुसाहाङ, पुर्व सहसचिव/कोषाध्यक्ष माइती माया पारघरी, साहित्यकार एल बि राई, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ अर्थ सचिव रचना लाओती, सिरिजङगा टोलका पुर्व अध्यक्ष चादनी सेर्मा, सुम्निमा टोल अध्यक्ष यमुना योगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभा टोल विकास संस्था दमक १ येहाङनगर, झापाको छैटौं बार्षिक साधारणसभा तथा येहाङनगर स्मारिका बिमोचन, सम्मान कार्यक्रम टोल अध्यक्ष याम बहादुर राईको अध्यक्षता सम्पन्न भएको हो भने स्वागत मन्तब्य सदस्य सन्दिप तामाङले राखेका थिए भने संचालन कोषाध्यक्ष फुङमा तुम्रोकले गरेकी थिइन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...